• एजेन्सी । अ’क्सर धेरै नेपालीहरुको ‘ड्रिम ल्यान्ड’ हो अमेरिका । स्टुडेन्ट, भिजिट, बिजनेस भिषाका माध्यमबाट अमेरिका जाने गर्छन् नेपालिहरु । डि’भी लोटरीको माध्यमबाट वर्षेनी हजारौंको सङ्ख्यामा अमेरिका जाने गर्छन् नेपालीहरु ।अमेरिकी सरकारले हालसालै एक सुचना जारी गर्दै कामदार भिसाको आवेदन डिभी लोटरी जस्तै भर्न मिल्ने बताएको छ ।

    अमेरिकी सरकारले कामदार भिसाको आवेदन डिभी लोटरी जस्तै भर्न मिल्ने बनाएको हो । अमेरिकाले कामदारका लागि डिभी लोटरी जस्तै आवेदन लिएर भिसा दिने भएको हो । अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गरेर श्रमिक लिने भएको छ । आवेदन आगामी मार्च १ देखि मार्च २० सम्म भर्न पाइनेछ ।

    कामदार भिसा एचवानबीमा दर्ता गर्नका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ । गत नोभेम्बरमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्दै कामदार भिसा एचवानबीका लागि दर्ता शुल्क १० डलर लिने जानएको छ।यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको हो । विद्युतीय रुपमा दर्ता हुने बाहेक अरु नियम सन् २०१९ देखि नै लागु गरिएको थियो ।

    एचवानबीमा दर्ता भएका श्रमिकको आवेदनहरुलाई लोटरीको माध्यमबाट छनोट गरिने छ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप अन्य प्रक्रिया सुरु हुने बताइएको छ । श्रमिकले भने भिसाका लागि भने रोजगारदाता कम्पनी खोजेर आवेदन दिनुपर्नेछ। आवेदन बाट छनौटमा परेका श्रमिकले भने अमेरिकी रोजगारदाता कम्पनीमा सिधै सम्पर्क गर्ने सकिने जनाइएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…