•  

    पुष्कर खड्का
    रामेछाप - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड रामेछाप मन्थली शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीकी फुलमाया योञ्जनको मृत्युदाबी भुक्तानी गरेको हो । इन्स्योरेन्सले सदरमुकाम मन्थलीमा सोमबार मन्थलीमा एक कार्यक्रमको आयोजना गरी मृतका श्रीमान प्रेम बहादुर योञ्जनलाई २ लाख १० हजार रुपौयाको चेक हस्तान्तरण गरेको हो ।

    मृतक फुलमाया योञ्जनले मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेड मार्फत २०७५ पुस २ गते रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली शाखामा रिलायबल म्यादी जीवन बिमा गरेकी थिइन् । इन्स्योरेन्स कम्पनी र सो सहकारीबिच भएको सहकारीका ऋणि सदस्यहरुको रिलायबल म्यादी जीवन बिमा सम्झौता अनुसार उक्त रकम प्रदान गरीएको हो । बिमित योञ्जनको २०७६ असोज १४ गते मृत्यु भएको थियो । उनले मन्थली बचत तथा ऋण सहकारीबाट १ लाख ५० हजार ऋण लग्दा ९ सय ६० रुपैया बिमा कम्पनीलाई बुझाएकी थिइन् ।

    कम्पनीले सदस्यको सामान्य मृत्युमा प्रदान गर्ने ऋणको १ सय ४० प्रतिशत हुनआउने २ लाख १० हजार रुपैया प्रदान गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली शाखा प्रवन्धक सन्तोष श्रष्ठले जानकारी दिए । उक्त रकमको चेक मन्थली बचत तथा ऋण सहकारी संस्थाका सचिव गोबिन्द प्रसाद घिमिरेको राहेवरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड केन्द्रिय कार्यालयका कर्पाेरेट मार्केटिङका मोहन खत्रीले प्रदान गरेका हुन् । यसअघि पनि कम्पनीले रिलायबल म्यादी जीवन बिमा योजना अन्तरगत श्री अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीलाई मृत्यु दाबी भुक्तानी गरेको थियो । २ अर्ब २० करोड अधिकृत पुजी रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बिमा सेवा घरदैलौ मा पुर्याउने उद्देश्यले हालसम्म १७ वटा बिमा योजना सञ्चालनमा ल्याइ देश भर ८२ वटा भन्दा बढि शाखा तथा उपशाखा विस्तार गरीसकेको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…