• ‘देउवाको कुरा मलाई सुनेर टिठ लागेको छ’

    पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस र नेताहरु नसच्चिए काँग्रेस अब इतिहासको किंवदन्ती बन्ने निश्चित भएको बताएका छन् । उनले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीकै सहमतिमा भारतले नेपालको भूमि मिचेर नयाँ नक्सा सार्वजनिक गरेको भनेर दिएको अभिव्यक्तिले काँग्रेस र नेता देउवाप्रति टिठ लागेको बताए ।

    लोकतन्त्रका लागि सँगै लडेको दलको नेताले त्यसरी झुठो आरोप लगाएर र बोलेर दुनियाँलाई भ्रमित तुल्याएको बताए । ‘सभापति शेरबहादुरजीले प्रधानमन्त्रीको सहमतिमै भारतले नक्सा सार्वजनिक गर्यो भन्नुभयो । यो व्यवहार र अभिव्यक्ति हेर्दा र सुन्दा मलाई दया लागेको छ । काँग्रेस सारै तल खसेको देख्न मन छैन । तर खस्दैछ । शेरबहादुर देउवाको कुरा मलाई सुनेर टिठ लागेको छ,’ प्रचण्डको भनाई थियो । गिरिजाप्रसाद कोइरालाको पार्टीले यस्तो बेइमानी गर्ला भन्ने आफुलाई नलागेको भन्दै अध्यक्ष प्रचण्डले काँग्रेससले यति धेरै झुठो बोल्ला भन्ने विश्वास नलागेको बताए । उनले सभापति देउवालाई आत्मसमिक्षा गर्न सुझाव पनि दिए । ‘आत्म समिक्षा गर्नुस् । झुठो बोल्न छोड्नु, मेरो सुझाव छ । यहि बुद्धि हो भने काँग्रेस किंवदन्ती बन्न बेर छैन । यो बुद्धिले काँग्रेस प्रतिपक्षमा पनि बस्ने छाँट देखिएन,’ प्रचण्डले चेतावनीको शैलीमा भने ।

    उनले पहिलो चोटी नेपालमा राष्ट्रियताका विषय सिङ्गो देश एक जुट भएका बेला काँग्रेस नेताहरुले झुटको खेती गरेको भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठकमा समेत कालापानी नेपाली भूमि रहेको भन्दै सबैको एक स्वर भएका बेला काँग्रेसले भ्रम छरिरहेको बताए ।

    ‘जसले महिलालाई राष्ट्रपति बनायो । जनजाती महिलालाई सभामुख बनायो । अब यो देशमा दलित प्रधानमन्त्री बने नेकपाको प्रस्तावमा मात्रै बन्न सम्भव छ । नेकपाले मात्रै राष्ट्रियता, स्वाधिनता र भौगोलिक अखण्डतलाई कायम राख्न सक्छ,’ प्रचण्डको भनाइ छ ।

    त्यस्तै प्रचण्डले वर्तमान सरकार पुरै पाँच वर्ष चल्ने दावी पनि गरेका छन् । उनले नेकपा नेतृत्वको सरकार पुरै ५ वर्ष चल्ने दावी गरेका हुन् ।

    ‘यो सरकार ५ वर्ष चल्ने हो वा होइन भन्ने प्रश्न उठाउने गरेको पनि सुनेको छु । म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु । यो सरकार पुरै पाँच वर्ष चल्छ’, प्रचण्डको भनाइ थियो । त्यस्तै उनले पार्टी एकता पनि नभत्कने विश्वास दिलाए । ‘कतिपयलाई यो पार्टी एकता भत्किने हो कि भन्ने पनि छ । तर भत्किदैन’, उनले स्पष्ट पारे ।

    अध्यक्ष प्रचण्डले कास्की–२ मा विद्याको जीत सुनिश्ति रहेको भन्दै अत्याधिक मतले विजयी गराउन आह्वान गरे ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…