• काठमाडौं : उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले मन्त्रीसँग पद नसाट्ने बताएकी छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन गरेको आग्रहलाई अस्वीकार गर्दै उपसभामुख तुम्बाहाम्फेले संवैधानिक पद संकटमा पर्नेगरी राजीनामा नदिने बताएकी हुन्।

    ‘सभामुखसमेत नभएको अवस्थामा मैले राजीनामा दिँदा संवैधानिक संकट हुन्छ’, उपसभामुखको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

    नेकपाले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख र उपसभामुखको छुट्टै व्यक्तिलाई बनाउने तयारी गरेको छ। संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख एउटै दलको हुँदैन। उपसभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बुधबार उपसभामुखले मन्त्री पदको शपथ नलिने जानकारी दिए।

    ‘उपसभामुखले आज मन्त्री पदको शपथ लिनुहुन्न’, प्रेस सल्लाहकार अधिकारीले भने।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…