• काठमाडौं। नेपालको सीमाना भारतले मिचिएकोप्रति नागरिकहरू आन्दोलित भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताउनुभएको छ।

    काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो –‘यो देशभक्त सरकार कसैलाई हाम्रो एक इन्च पनि जमिन मिच्न दिंदैन, संसारसामु शान्तिप्रिय छवि भएको नेपालले कसैको एक इन्च जमिन मिच्दैन।

    छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस्।कतिपयले सरकारलाई नक्सा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नक्सा सच्याउनुभन्दा भूमि फिर्ता लिने कुरा महत्वपूर्ण रहेको बताउनुभयो।

    दशकौं अघि नेपाली भूमि अतिक्रमित हुँदा मौन रहने तर, अतिरिक्त देशभक्ति देखाउने नाममा उश्रृङ्खल गतिविधि गर्ने काम अनुचित रहेको बताउदै प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैको साथ रहेको छ।

    सरकारलाई प्राप्त बलियो समर्थनका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु, हामी कुटनीतिक संवादबाट समस्याको समाधान गर्नेछौं।’एक अर्के प्रसंगमा उहाँले भन्नुभयो–‘कानुनी पूर्वाधार बनाउन हामीले धेरै समय लगाउनु परे पनि आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुर्याउन सफल भएका छौं, आयात घटाउँदै निर्यात बढाएर व्यापार घाटा कम गर्दै लगेका छौं, उत्पादन बृद्धि र पूर्वाधार विकासमा हामी तीब्र गतिका साथ अघि बढेका छौं।’ नेपाल समाचार पत्रबाट ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…