• विराटनगर । सरकारी गाडीमा अवैध तरिकाले कपडा ओसारपसार गर्ने एकजना वडाध्यक्षलाई विराटनगर रानी भन्सार कार्यालयका कर्मचारीले पक्राउ गरेका छन्।
    सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ४ का वडाध्यक्ष तेजनारायण यादव र उनी चढेको स १ झ ५०८ नम्बरको सरकारी गाडीमा ५० हजारबढी मूल्यका सामानसहित भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो। सरकारी गाडीमा भन्सार छलेर कपडा लैजान लागेको अवस्थामा कर्मचारीले बिहीबार चेकजाँच गर्ने क्रममा फेला पारेका हुन्। ‘जोगवनीबाट केही कपडा, साडी तथा लत्ताकपडा लैजान लागेको थाहा पाएर कर्मचारीले गाडी नियन्त्रणमा लिएका छन् ।
    विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले भने। वडाध्यक्ष यादवले भने मंसिर ४ गते हुन लागेको आफ्नो छोरीको विवाहका लागि केही कपडा लैजान लागेको स्वीकार गरेका छन्। ‘छोरीको विवाह हुँदैछ। त्यसको लागि किनमेल गरेर फर्किने क्रममा कर्मचारीले नियन्त्रणमा लिए’ उनले भने। गाडीमा साडी ५ थान, बेहुलाको सुटको कपडा, सिरक तथा खाद्यान्नका सामग्री आफूले किनेको वडाध्यक्ष यादवको भनाइ छ।
    एकहप्ता अगाडि पनि सरकारी नम्बर प्लेटको मोटरसाइकल र एकजनाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको थियो । डिभिजन वन कार्यालय उदयपुरको स।१ ब १४१० नम्बरको सरकारी मोटरसाइकलमा लागुऔषध ओसारपसार गर्ने सप्तरी राजविराज २ राजदेव टोलका २६ वर्षीय कपिल यादवलाई प्रहरीले पक्राउ गरेको थियो। कपिल डिभिजन वन कार्यालय उदयपुरको डिभिजन वन कार्यालयका अधिकृत सत्यनारायण यादवका छोरा हुन्।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…