• काठमाडौँ । १९ कार्तिकमा सत्तारुढ नेकपाले कोहलपुरमा निकै तामझामका साथ चुनावीसभा गर्‍यो। संसदीय चुनाव भन्दा बढी प्राथमिकता दिइएको झल्को मिल्ने सभाका प्रमुख वक्ता थिए ( नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। साथमा थिए, नेकपा प्रदेश(५ कमिटी अध्यक्ष ओनसरी घर्ती, बाँके इन्चार्ज दिनेश यादव र जिल्ला अध्यक्ष आइपी खरेल। सन्दर्भ थियो, कोहलपुर–६को वडाध्यक्ष पदको निर्वाचन।

    जहाँ नेकपाका रामशरण थारु उम्मेदवार छन्। पार्टीको वक्ता प्राथमिकता हेर्दा नेकपाले वडाध्यक्षको जितलाई निकै प्रतिष्ठाको विषय बनाएको देखिन्छ। २० कार्तिकमा कोहलपुरमै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनावी सभामार्फत पार्टीका उम्मेदवार श्रीधर सुवेदीका लागि भोट मागे। पार्टीका केन्द्रीय उपाध्यक्ष प्रेमबहादुर भण्डारी, महामन्त्री डा।धवल शम्शेर राणा र जिल्ला अध्यक्ष ऋषिराज देवकोटा चुनावी प्रचारमा देखिए।

    बुधबार वडाध्यक्षको उम्मेदवारी दर्ता गर्दै गर्दा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र पार्टी जिल्ला सभापति किरण कोइराला पनि बुधबार कोहलपुर पुगे। कांग्रेसबाट श्रीकृष्ण थारु उम्मेदवार बनेका छन्।

    कांग्रेस जितको बिरासत जोगाउन र नेकपा कांग्रेसी किल्ला तोड्ने दाउमा देखिन्छन्। ०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसका रामसोहन थारु ४२४ मतले वडाध्यक्षमा निर्वाचित भएका थिए। उनको निधनपछि हुन लागेको उपनिर्वाचनमा नेकपाका रामशरण बलियो उम्मेदवार भएका छन्। उनी विगतमा साबिक एमाओवादी वडाध्यक्षमा पराजित भएका थिए। उनले २७३ मत ल्याएका थिए।

    जबकि साबिक एमालेबाट श्रीराम थारुले ३५२ मत ल्याएका थिए। विगतमा दुई पार्टीले पाएको मतलाई आधार मान्दा अहिले नेकपा २०० मतले अगाडि नै छ। यो वडामा पाँच पार्टीले उम्मेदवारी दर्ता गरे पनि मुख्य प्रतिस्पर्धा भने नेकपा र कांग्रेसबीच नै हुने देखिन्छ। मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कोहलपुर–६ मा दुई हजार २६ जनाले मतदान गर्नेछन्।

    वडाध्यक्ष जिताउन जिल्ला अध्यक्षदेखि पार्टीका केन्द्रीय नेताको चुनावी होडबाजी देख्दा ‘के सांसदभन्दा वडा अध्यक्ष पद शक्तिशाली हो ररु’ भनेर टिप्पणी हुन थालेको छ। अन्नपूर्णबाट ।

     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…