• काठमाडौँ । तीन साताअघि पक्राउ परेका कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहमाद आफताब आलमलाई जन्मकैद सजायको माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

    पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुरमा भएको बम बिस्फोटमा जिउँदै मानिसलाई चिम्नी भट्टामा हालेर मारेको आरोपमा पक्राउ परेका आलम विरुद्ध प्रहरीले तीन साता अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको थियो।

    उनी माथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भडारण सम्बन्धी अभियोगको मुद्दा दायर गरि अभियोग पत्र सहित मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख खडिन्द्रराज कटवालले बताए।

    बम विस्फोटको घटनामा एक दर्जन मारिएको कटवालले जानकारी दिए। उनले प्रत्यक्षदर्शीको भनाइ उदृत गर्दै घटनामा एक दर्जनको हत्या भएको दाबी गरेका हुन्। सांसद आलमलाई ढिलो गरि अदालतमा पेस गरिएको थियो। कान्तिपुरबाट ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…