• काठमाडौँ । तीन साताअघि पक्राउ परेका कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहमाद आफताब आलमलाई जन्मकैद सजायको माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

    पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुरमा भएको बम बिस्फोटमा जिउँदै मानिसलाई चिम्नी भट्टामा हालेर मारेको आरोपमा पक्राउ परेका आलम विरुद्ध प्रहरीले तीन साता अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको थियो।

    उनी माथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भडारण सम्बन्धी अभियोगको मुद्दा दायर गरि अभियोग पत्र सहित मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख खडिन्द्रराज कटवालले बताए।

    बम विस्फोटको घटनामा एक दर्जन मारिएको कटवालले जानकारी दिए। उनले प्रत्यक्षदर्शीको भनाइ उदृत गर्दै घटनामा एक दर्जनको हत्या भएको दाबी गरेका हुन्। सांसद आलमलाई ढिलो गरि अदालतमा पेस गरिएको थियो। कान्तिपुरबाट ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…