• सुन्दै अचम्म लाग्न सक्छ युवती तथा महिलाले प्रयोग गरेका ब्रा र पेन्टी चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ ग¥यो भन्दा । तर, झापामा एक व्यक्ति ब्रा र पेन्टी चोर्दा चोर्दै पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका – ४ स्थित मन्त्रीचोक निवासी २५ बर्षीय दीपक राजवंशी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले विहीवार राजवंशीलाई युवतीका ब्रा र पेन्टी चोर्दा चोर्दै पक्राउ गरेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जगेवूले जानकारी दिए ।



    प्रहरीका अनुसार भद्रपुर–६ स्थित भानुनगरका महिलाले प्रयोग गरेर धुन राखेका र धोएर सुकाएका ब्रा र पेन्टी चोरी गर्ने गरेका थिए । उनले अधिकांशका घरमा प्रवेश गरेर अन्य कुनै सरसामान नचोरी ब्रा र पेन्टी मात्र चोर्ने गरेको बताइन्छ ।विहीवार राति चार – चार थान ब्रा र पेन्टी चोरी गर्दा गर्दै उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले विहीवार राति दुई घरबाट व्रा र पेन्टी चोरेको बताइन्छ । पहिलो घरबाट व्रा र पेन्टी चोरी गरी दोस्रो घरमा चोरी गर्दा गर्दै उनी पक्राउ परेका हुन् । पक्राउ परेका राजवंशीले चोरी गरिएका व्रा र पेन्टी सुघ्न गरेको प्रहरी समक्ष बयान दिएको बताइएको छ । विवाहित राजवंशीले विगतदेखि नै ब्रा र पेन्टी चोरी गर्ने गरेको र त्यसलाई सुघ्ने गरेको बताएका छन् प्रहरी निरीक्षक जवेगूले भने– ‘ब्रा र पेन्टी चोरेर सुघ्ने पक्राउ परेको यो पहिलो घटना हो ।’ लागूऔषध सेवनकर्ता जस्तै उसलाई यसको लत लागेको हुनसक्छ प्रहरी निरीक्षक जवेगूले भने – ब्रा र पेन्टी चोरीमा सम्लग्न उनलाई कानूनी कारवाही नगरी परामर्श दिएर आइन्दा यस्तो नगर्ने सर्तमा छाडिएको छ । पुर्बेली न्यूजकाे सहयाेगमा

सम्वन्धित समाचार

मोरङ । पूर्बी नेपालमा प्रयोगहुने वान्तावा र चाम्लिङ (राई) भाषालाई सरकारी कामकाजको भाषाको मन्यता दिनुपर्ने…

मोरङ । बालिका होटलमा ल्याएर यौन कार्य गरेको अभियोगमा ३५ बर्षिय देबजित दासलाई जबरजस्ति करणी मुद्धा दर्ता भ…

मोरङ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिले पास भएको शिक्षा सम्बन्धि विधेयकको विभिन्न बुँ…

सुनसरी । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिले मंगलबार धरानमा पहिचान पत्रका…