• भाद्र, २४, कैलाली । सोमबार राती कैलालीमा एक नेताको आफ्नै घरमा पार्किङ गरेर राखिएको गाडीमा आगजनी भएको छ ।

    कैलालीको घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थानीय नेता गौरीप्रसाद जोशीको गाडीमा आगजानी भएको हो ।

    कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए अनुसार रातको करिब १२ बजेको समयमा अज्ञात समूहद्वारा जोशीले आफ्नै घरमा पार्किङ गरेर राखेको बा९च ६५९७ नम्बरको स्कारपियोमा आगजानी हुँदा गाडीको अगाडिको भागमा क्षति भएको छ

    हाल सम्म उक्त घटनाको जिम्मेवारी कसैले नलिएको र घटनबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…