• काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्युपछि भाइरल भिडियो प्रकरणको अनुसन्धानको सिलसिलामा ‘सीधाकुरा जनतासँग’कार्यक्रमका प्रस्तोता रवि लामिछाने र अर्का पत्रकार युवराज कँडेललाई प्रहरीले पक्राउ गरेकोप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस विज्ञप्ती जारी गर्दै नेपाल प्रेस युनियन न्युज २४ शाखाले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेको जनाएको छ ।


    नेपाल प्रेस युनियनले आफ्नो प्रेस विज्ञप्तीमा पत्रकार पुडासैनीको आत्महत्या प्रकरणसँगै यस घटनामा आरोपित बनाइएका पात्रहरुको विषयमा नेपाली समाज ध्रुर्वीकृत हुने दुःखद स्थिति पैदा भएको उल्लेख गरेको छ । सामाजिक सञ्जाल तथा कतिपय सञ्चार माध्यमले आरोपित भनिएका कतिपयलाई दोषी ठहर गर्ने तथा आरोपित कुनै पनि हालतमा दोषी हुनै नसक्नेलगाएतका अभिव्यक्ति तथा सामग्री सम्प्रेशन गर्दा प्रहरीको अनुसन्धान तथा अदालति कारबाहीसमेत प्रभावित हुने खतरा देखिएको जनाएको छ ।

    त्यस्तै आरोपित बनाइएका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई न्युज २४ टेलिभिजनको कार्यालय परिसरबाटै ‘सीधाकुरा जनतासँग’ कार्यक्रम प्रसारण हुनु केही समय अघि नियन्त्रणमा लिने तथा हुलहुज्जत गर्ने प्रहरीको कार्यलाई युनियनले राम्ररी नियालेको जनाएको छ । प्रहरी अनुसन्धानलाई पूरै सहयोग गर्ने प्रतिबद्धता जनाउँदा जनाउँदै सञ्चार संस्थामै प्रवेश गरी पत्रकारद्वय लामिछाने र कँडेललाई नियन्त्रणमा लिने कार्यले प्रहरीको नियममाथि शंका उब्जिएको बताएको छ ।

    साथै अनुसन्धान कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदा समेत कुनै पनि माध्यमबाट सम्पर्क नगरी नियन्त्रणमा लिने कार्यले प्रहरीको देखावटी शैलीसमेत झल्किएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसोत, सञ्चारगृहबाटै सञ्चारकर्मी नियन्त्रण हुँदा अन्य पत्रकारहरुको क्यामेरा, मोबाइल खोस्ने, रेकर्ड गर्न नदिनु लगाएतको प्रहरीको हर्कतप्रति युनियनले विरोध जनाएको छ ।

    साथै नेपाल प्रेस युनियनले स्वर्गिय पत्रकार पुडासैनीको भिडियो प्रकरणको अनुसन्धानमा संलग्न निकाय कतैबाट कुनै पनि किसिमको दबाबमा नपरी निष्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याई दोषीलाई कानूनी दायरामा ल्याउन आग्रहसमेत गरेको छ । चितवनको कंगारु होटलमा पत्रकार पुडासैनीले साउन २० गते आत्महत्या गरेका थिए ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…