• साउन ३२, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कार्यभार सम्हालेयता चाबहिल–साँखु सडक चार पटकभन्दा बढी निरीक्षण गरिसकेका छन् । निरीक्षणैपिच्छे उनी चाँडै कालोपत्रे गर्ने आश्वासन दिन्छन् ।




    पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग सडक निरीक्षण गर्न जाँदा पनि महासेठले केही दिनभित्रै कालोपत्रे हुने बताएका थिए ।

    यो सडक पाँच वर्षदेखि हिलाम्मे छ । ११।५ किलोमिटरमध्ये खण्ड–खण्ड गरी करिब अढाई किलोमिटर कालोपत्रे भएको छ । बाँकी ९ किमिभन्दा बढी पानी पर्दा खेतजस्तै हुन्छ, अरू बेला छारोले हिँडिसाध्य हुँदैन । सडक हिलाम्मे भएको भन्दै स्थानीयले पटक–पटक आन्दोलन गरेका छन् ।

    बिजोग यतिसम्म छ कि डेढ वर्षअघि सार्क शिखर सम्मेलन हुँदा पाहुनालाई ‘रिट्रिट’ का लागि तय भएको गोकर्ण रिसोर्ट पुर्‍याउन नसक्ने भएपछि स्थान परिवर्तन गर्नुपरेको थियो ।

    हालसम्म चुच्चेपाटी–दक्षिणढोकासम्मको करिब ३ किमि कालोपत्रे भएको मन्त्रालयले दाबी गरेको छ । तर त्यो पूर्ण कालोपत्रे होइन । चुच्चेपाटी, बौद्धगेटअगाडि र जोरपाटी ओरालोमा कालोपत्रे गरिएको छ । त्यसमा ढल व्यवस्थापन गर्ने, फुटपाथ मर्मत गर्नेलगायत काम अझै बाँकी छ ।

    युनाइटेड विल्डर्स, बज्रगुरु–च्याङमीला–खानी जेभी, विटीरसुनकोसीरवर्ल्डवाइज जेभी र लामा–समानान्तर जेभीले विभिन्न चार खण्डमा निर्माण जिम्मा लिएका छन् । त्यसका लागि १ अर्ब ७४ करोड ५९ लाख बजेट विनियोजित छ । २२ मिटरमा चौडा उक्त सडक घर भत्काएर विस्तार गर्न स्थानीयले सहयोग गरे पनि मन्त्रालय गम्भीर देखिएको छैन ।

    यसैगरी काठमाडौं–३ का निर्वाचित सांसद कृष्ण राईसँग मन्त्री महासेठ जोरपाटी–सुन्दरीजल सडक निरीक्षणका लागि जोरपाटी पुगे । सर्वसाधारणलाई कालोपत्रे गर्ने आश्वासन दिएर फर्के । निरीक्षण गरेको करिब २ महिनाभन्दा बढी भइसक्यो । सडक झन् हिलाम्मे भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा सडकजस्तै अलपत्र आश्वासन शीर्षकमा छापिएको छ ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…