• साउन ३१, चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेसहित तीनै जनालाई म्याद थपका लागि जिल्ला अदालत चितवन लाने तयारी भइरहेको छ ।




    बिहीबार साँझ काठमाडौँबाट पक्राउ गरेर राति १ बजे चितवन जिल्ला प्रहरी कार्यालय चितवन भरतपुर पुर्याइएका रवि लामिछाने, युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता भन्ने रुकु कार्कीलाई अनुसन्धानका लागि म्याद थप गर्ने प्रहरीको तयारी छ ।

    अहिले लामिछानेसहित तीनै जानालाई जिल्ला प्रहरीकार्यालयमा राखिएको छ । उनीहरुलाई रविलामिछानेकी पत्नी निकिता पौडेल र अधिवक्ता सुनिल पोख्रेलले भेट गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवन भरतपुर परिसरमा रविका समर्थकहरुको भीड लागेको छ । उनीहरु रविलाई विना सर्त रिहाई गर्नु पर्ने माग गर्दै नाराबाजी लगाइरहेका छन् । रवीका समर्थकहरुको भीड बढेसँगै सुरक्षा व्यवस्थामा थप कडाई गरिएको छ । अहिले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तस्बिरः ध्रुवराज खनाल




सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…