• विराटनगर। वीपी कोइरालाको ३७ औं  स्मृति दिवसको अवसरमा पारेर मोरंग काग्रेसले पार्टी कार्यालयमा सोमबार मोरंग व्यापार संघ र विराट व्यापार संघ का नव निर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।

    कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष लगायतका पदाधिकारीलाइ कांग्रेस केन्द्रीयहरू सदस्य एवं सांसद डा. डिला संग्रौला, अमृत अर्याल, हसन अन्सारी, मोरङ सभापति डिगबहादुर लिम्बूलगायतले अविर र खादा लगाएर सम्मानपत्र प्रदान गरे ।

    नेपालको राजनैतिक र आर्थिक क्रान्तिमा उद्योगी व्यवसायीको महत्वपूर्ण योगदान भएकाले दुवै संस्थाका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले भनाइ थियो । उद्योगी व्यवसायीले राख्दै आएको समस्यामा कांग्रेसको सधैं साथ रहने उनको भनाइ थियो ।मोरङ व्यापार संघका अध्यक्ष मुन्दडाले र विराट व्यापार संघका अध्यक्ष थापाले सरकारले लगाएको करका कारण उद्योगी व्यवसायीहरू चिन्तित भएको बताए । केन्द्रीय सदस्य डा. संग्रौलाले मुलुकमा निजी क्षेत्रको लगानी बिना वीपी कोइरालाको सपना अधुरो हुने बताइन् । वीपी कोइरालाले समृद्धि नेपालको सपना अझै पूरा हुन नसकेको उल्लेख गर्दै प्रतिनिधिसभा सांसद संग्रौलाले मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको निजी क्षेत्रलाई वर्तमान सरकारले उपेक्षा गरेको आरोप थियो । “निजी क्षेत्रलाई उपेक्षा गर्दै अन्तरराष्ट्रीय लगानी समेत हुन नसक्ने वातावरणवाट विकास र समृद्धि सपना देख्ने कम्युनिष्ट सरकारबाट मुलुक अगाडि बढ्न सक्दैन,” संग्रौलाको भनाइ थियो ।

    कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य हसन अन्सारी, मोरङ सभापति डिकबहादुर लिम्बू, सचिव नागेश कोइराला, मोदराज घिमिरे, प्रदेश सांसद शिवनारायण गन्गाई, महासमिति सदस्य आशाकुमारी सरदारलगायतले उद्योगी व्यवसायीको समस्यामा कांग्रेसको सधैं साथ रहने आश्वासन दृढ़ता प्रकट गरे ।

    यसरी नै मोरंगको कर्सिया विपी चौंकमा चार तारा झण्डात्तोलन र मोरंगको डाइनामा पनि विचार गोष्ठी सम्पन्न गरि विपी स्मृती दिवस मनाएको छ

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…