• २४ मंसिर, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापालाई पराजित गर्दै एमालेका कृष्णप्रसाद दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मकवानपुर क्षेत्र नम्बर १ बाट जितेका दाहालले हालका ऊर्जामन्त्री थापाविरुद्ध जितको ह्याट्रिक पुरा गरेका छन् ।

    दाहालले ५ हजार ९७३ मतान्तरले थापालाई हराएका हुन् । दाहलले ४० हजार ६३१ मत प्राप्त गर्दा थापाले भने ३४ हजार ६५८ मत मात्रै पाए ।

    निर्वाचन पूर्वसन्ध्यामा ऊर्जामन्त्री रहेका थापाले हेटौंडा बजारबाट राजमार्ग सार्ने निर्णय गराएपछि दाहाललाई थापाविरुद्ध जित निकाल्न असहज हुने अनुमान गरिएको थियो ।

    राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गरेर उनी तेस्रोपटक सांसद बनेका छन् । ०४८ र ०५६ सालको निर्वाचनमा उनी सांसदमा निर्वाचित भएका थिए भने ०५१ सालको मध्यावधि चुनावमा भने दाहाल कमल थापासँग हारेका थिए ।

    यसपटक बाम गठबन्धनको साझा उम्मेदवार बनेका दाहालले कांग्रेसाग गठबन्धन गरेका थापालाई पराजित गरेका हुन् ।

    विसं. ०२० सालमा जन्मिएका दाहाल २०३७ सालको विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका हुन् । दाहाललाई अब कमल थापालाई तेस्रोपटक हराउँदै सांसद बन्ने अवसर छ ।

    ४३ मा तत्कालीन ठिंगन गाविसका जनपक्षीय प्रधानपञ्च समेत बनेका दाहालले एमाले मकवानपुरमा चार कार्यकाल नेतृत्व गरेका छन् । उनले ०५४ देखि ०६६ सम्म निरन्तर एमाले मकवानपुरको नेतृत्व सम्हालेका थिए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीश…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बा…