• २३ मंसिर, काठमाडौं । यसपालिको निर्वाचनमा नेपाली कांग्रेसलाई भन्दा ठूलो क्षति ऊसँग सहकार्य गरेको राप्रपा प्रजातान्त्रिकले व्यहोर्ने संकेत देखिएको छ । पार्टी अध्यक्ष पशुपतिसमशेर राणा सिन्धुपाल्चोक २ बाट पराजित भइसकेका छन् । अब राप्रपा प्रजातान्त्रिक राष्ट्रिय पार्टी नबन्ने अवस्थातिर उन्मूख भएको छ ।

    राप्रपा प्रजातान्त्रिकका नेता सुनील थापा धनकुटामा फराकिलो मतान्तरले पछाडि छन् । त्यहाँ एमालेका राजेन्द्र राईले १९१४४ मत ल्याउँदा राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनीलबहादुर थापाले १२१४३ मत पाएका छन् ।

    त्यसैगरी रुपन्देही ३ मा एमालेका घनश्याम भुसालले राप्रपा प्रजातान्त्रिकका दीपक बोहोरालाई पछि पारिरहेका छन् । त्यहाँ एमाले नेता भुसालले १४९९४ मत ल्याउँदा राप्रपा प्रजातान्त्रिकका नेता बोहोराले १३०२२ मत पाएका छन् ।

    राप्रपा प्रजातान्त्रिकका अर्का नेता विक्रम पाण्डे चितवनमा प्रचण्डसँग चुनाव लडेका छन् । त्यहाँ पनि उनले अग्रता कायम गर्न सकेका छैनन् । माओवादी अध्यक्ष प्रचण्डले ५३४४ मत ल्याउँदा पाण्डेको पक्षमा ३१६८ मत खसेको छ ।

    राष्ट्रिय पार्टी नबन्ने खतरा

    राष्ट्रिय राजनीतिमा प्रभाव राखेर मन्त्री बन्दै आएका राप्रपाका नेताहरुले प्रत्यक्षतर्फको चुनाव जित्न सकेनन् भने यो दल राष्ट्रिय पार्टीको रिङबाट आउट हुनेछ । किनभने, राष्ट्रिय पार्टी बन्ने दलले प्रत्यक्षमा कम्तिमा एक सिट जित्नैपर्ने हुन्छ ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…