• २३ मंसिर, काठमाडौं । यसपालिको निर्वाचनमा नेपाली कांग्रेसलाई भन्दा ठूलो क्षति ऊसँग सहकार्य गरेको राप्रपा प्रजातान्त्रिकले व्यहोर्ने संकेत देखिएको छ । पार्टी अध्यक्ष पशुपतिसमशेर राणा सिन्धुपाल्चोक २ बाट पराजित भइसकेका छन् । अब राप्रपा प्रजातान्त्रिक राष्ट्रिय पार्टी नबन्ने अवस्थातिर उन्मूख भएको छ ।

    राप्रपा प्रजातान्त्रिकका नेता सुनील थापा धनकुटामा फराकिलो मतान्तरले पछाडि छन् । त्यहाँ एमालेका राजेन्द्र राईले १९१४४ मत ल्याउँदा राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनीलबहादुर थापाले १२१४३ मत पाएका छन् ।

    त्यसैगरी रुपन्देही ३ मा एमालेका घनश्याम भुसालले राप्रपा प्रजातान्त्रिकका दीपक बोहोरालाई पछि पारिरहेका छन् । त्यहाँ एमाले नेता भुसालले १४९९४ मत ल्याउँदा राप्रपा प्रजातान्त्रिकका नेता बोहोराले १३०२२ मत पाएका छन् ।

    राप्रपा प्रजातान्त्रिकका अर्का नेता विक्रम पाण्डे चितवनमा प्रचण्डसँग चुनाव लडेका छन् । त्यहाँ पनि उनले अग्रता कायम गर्न सकेका छैनन् । माओवादी अध्यक्ष प्रचण्डले ५३४४ मत ल्याउँदा पाण्डेको पक्षमा ३१६८ मत खसेको छ ।

    राष्ट्रिय पार्टी नबन्ने खतरा

    राष्ट्रिय राजनीतिमा प्रभाव राखेर मन्त्री बन्दै आएका राप्रपाका नेताहरुले प्रत्यक्षतर्फको चुनाव जित्न सकेनन् भने यो दल राष्ट्रिय पार्टीको रिङबाट आउट हुनेछ । किनभने, राष्ट्रिय पार्टी बन्ने दलले प्रत्यक्षमा कम्तिमा एक सिट जित्नैपर्ने हुन्छ ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…