• चैत ६ गते । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्व र संस्कृतिलाई सही ढङ्गले मनाउँदै समाजमा सद्भाव, मेलमिलाप र विश्वास बढाउन सकिएमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुँदै जाने बताउनुभएको छ ।

    उहाँले होलीपर्वको अवसरमा आज प्रदेशवासी जनतामा व्यक्त गर्नुभएको शुभकामना सन्देशमा विविधतायुक्त नेपाली समाजलाई एकतामा बाँध्दै सामाजिक सम्बन्धलाई बलियो बनाउन हाम्रा सांस्कृतिक पर्वले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नु भएको छ ।
    नेपालको मौलिक पर्वको रुपमा नेपाली समाजमा स्थापित होलीपर्व अथार्त फागुपूर्णिमा कुनै समुदाय र ठाउँ विशेषमा नभएर होली साझा पर्वको रुपमा स्थापित भइसकेको मुख्यमन्त्री पोखरेलले बताउनुभएको छ । (रासस)

सम्वन्धित समाचार

मोरङ । संघीय सरकारले नयाँ बजेटसँगै सुन खरिद विक्रीमा विलाशिताको समान भन्दै २ प्रतिशत कर लगाउने नीति ल्य…

मोरङ÷मोरङको पथरीशनिश्चरे नगरपालिका—२ मा स्थापित रेडस्टार अंग्रेजी स्कुलमा स्काउटको प्रथम मित्र…

रसिलो सिकुटी किन्न, खान कहाँ जाने ? पथरी ढुङ्गामा सेकाएको बंगुरको सेकुवा खान कहाँ जाने ? पथरीको सिरि…

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…