• रुकुम, २२ मंसिर  ।

    रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कमला रोका विजयी हुनुभएको छ । रोकाले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतअन्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

    जम्मा खसेको मत १८ हजार ३१ मध्ये बिजयी हुनुभएकी रोकाले १० हजार ४३४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी घर्तीले चार हजार ४०६ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    पूर्वयुवा तथा खेलकुद मन्त्रीसमेत रहनुभएकी रोका माओवादी केन्द्रका उम्मेदवारमध्ये पहिलो विजेता बन्नुभएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यहाँ प्रदेशसभाका दुवै क्षेत्रमा पनि माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । रासस

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता कार्तिक १५ …

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित न्यू प्यागोडा इङ्लिस बोर्डिङ स्कुलले मिस नेपाल ग्लोब&md…

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …