• ललित केसी-१५ मंसिर अछाम ।नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा महिला संघ अछामकी पुर्व सभापती राधिका भुजेल नेकपा एमालेमा प्रबेश गरेकी छन । सुक्रबार नेकपा एमालेका उपाध्यक्ष भिम रावलले महिलानेत्री भुजेललाई एमालेमा फुलमाला र टिका लगाएर स्वागत गर्नुभयो ।


    साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटमा सयुक्त बाम गठवन्धनको चुनवी सभामा भुजेल एमाले प्रबेश गरेकी हुन । नेत्री भुजेलको एमालेमा प्रबेश संगै नेपाली काँग्रसलाई ठुलो झट्का लागेको छ । नेपाली काँग्रस क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार तथा नेपाली काँग्रेसका जिल्ला सभापती भरत कुमार स्वाँर र भुजेल एउटै वडाबासी हुन । केही दिन अघि मात्रै सोही वडा निवसी नेपाली काँग्रसका पुर्ब जिल्ला उपसभापती जयन्द्र स्वर काँग्रस परित्याग गरी नेकपा एमालेमा प्रबेश गरेका थिए ।


    यही मंसिर ८ गते पत्रकार सम्मेलन गर्दै काँग्रेस नेत्रृ भुजेलले नेपाली काँग्रस देश र जनता प्रति गैर जिम्मेवार भएको, राष्टियताप्रति उदासिन भएको, कुनै दृष्टिकोण तथा योजना नभएको, नेपाली काँग्रस अछामको जिल्ला नेतृत्वले अछाम जिल्लाका दलित, महिला प्रति आक्रोसित, हेपाहा प्रबृति देखाउनुका साथै गालिगलौज समेत गर्ने भएकोले आफुले पटक पटक पार्टि केन्द्रिय नेतृत्वलाई सचेत गराउँदा पनी कुनै वास्था नगरेको र आमुल परिवर्तनको अपेक्षा राख्ने कुनैपनी ईमान्दार र देशभक्त कार्यकर्ताले नेपाली काँग्रेसमा वसिरहनु देश र जनताका लागी धोका मात्र हुने आफुले महसुस गरी नेपाल महिला संघको केन्द्रिय सदस्य देखी नेपाली काँग्रसको क्रियासिल सदस्य र साधारण सदस्य समेत नरहने भन्दै राजिनामा दिएकी थिईन ।
    कार्यक्रममा बेल्दै उनले नेकपा एमालेको देशप्रतिको माया, जनताप्रतिको बिस्वाश, बिकासका स्पष्ट योजना, दलित, महिला, गरिब, वेरोज्गार र बृद्धबृद्धाप्रतिको सदभावप्रति आकर्षित भएर आफु नेकपा एमाले प्रबेश गरको बताईन

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…