• १५ मंङ्सिर २०७४ रौतहट ।

    गएराति रौतहटको गरुडा रौतहट महमदपुरमा राजपाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा बालकसहित पाँचजना घाइते भएका छन् । झडपमा प्रहरीतर्फ पनि घाइते भएको भनिए पनि संख्या खुलाइएको छैन । घाइतेहरुको चपुर, गरुडा र गौरका अस्पतालहरुमा उपचार भइरहेको छ ।

    मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेर रोक्न खोज्दा झडप भएको हो । मधेसवादी दलका कार्यकर्ताले प्रहरीलाई घेरा हालेका थिए ।

    प्रहरीलाई मधेसवादी दलले घेरा हालेपछि प्रहरीले हवाई फायर र टियर ग्यास प्रहार गरेको थियो । ५० राउन्ड हवाइ फायर गरेको दावी स्थानीयले गरेपनि करिब २० राउण्ड हवाइ फायर भएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…