• मोरंङ् -६ मंसिर २०७४-रातोकलम सम्बादाता

    मोरंङ्प्र देश सभा र सरकारको बैठकको लागि हल निशूल्क उपलब्ध गराउछुः हाङबाङ्ग
    उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका—४, सिसौलीमा सुविधासम्पन्न रोयल हेरिटेज रिसोर्ट खुलेपछि पूर्वी नेपालमा अव बाहिरबाट आएका पाहुनाहरुलाई होटल खोजिरहनु पर्ने झन्जट कम भएको छ ।

    केही हप्ता अघि सञ्चालनमा आएको रिसोर्टमा एसी रुम, सान्त वातावरणमा बस्ने व्यवस्था र खानाको उपभोक्ताको चाहना अनुसारको परिकारहरु बन्ने सञ्चालक कमल हाङबाङ्गले बताए । पुर्बपश्चिम मुख्य सडकको उर्लाबारी क्याम्पस मोड दक्षित आठ सय मिटरको दुरीमा रिसोर्ट रहेको छ । त्यहाँ पुगेपछि दुई बिगाहा जग्गामा फौलिएको आकर्षक भवनहरु र सजाएर राखिएको हल तथा रुमहरु हेर्न पाइन्छ ।

    कमल हाङबाङ्ग, खगेन्द्र थापा र रोशन हाङबाङको तत्काल डेढ करोडको लगानीमा रिसोर्ट सुरु भएको हो । उपभोत्ताहरुको चाहनालाई ख्याल गरेर स्वीमिङ पूलको समेत योजना गरेको सञ्चालक कमल हाङबाङ्गले बताए ।

    नेपालीहरुको लिभिङ स्टान्डर बढ्दै गएको र देशमा संघीय शासन प्रणाली कार्यान्वयनको दिशामा गइरहेकोले उपभोक्ताको चाहनालाई ख्याल गर्दै सुरक्षाको पूर्ण ग्यारेन्टि, शान्त र सुविधा सम्पन्न रिसोर्ट खोलिएको अर्का सञ्चालक खगेन्द्र थापाले बताए ।



    सुविधापूर्ण कार्यक्रम हलहरु तथा खुल्ला ठाउँ गरी ५ सय जनासम्मको सहभागितामा कार्यक्रम गर्न सकिन्छ । सम्बन्धित पक्षले चासो देखाएर प्रदेशसभा र सरकारको बैठक बस्न निशूल्क हल उपलब्ध गराउने सञ्चालक कमल हाङबाङ्गले बताए । प्रविधिको हिसावले रिसोर्टमा वाईफाई पूर्ण निशूल्क रहेको छ ।
    रिसोर्टमा १५ जनालाई नियमित रुपमा रोजगारी दिइएको छ । काठमाडौं, पोखरादेखि पश्चिम नेपालबाट कञ्जनजंघा हिमाल आरोही, ताप्लेजुङको पाथीभारा मन्दीर दर्शन गरेर फिर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई खान र बस्नको लागि रिसोर्ट केन्द्रको रुपमा रहने सञ्चालकहरुको भनाइ छ ।

    एक नम्बर प्रदेशमा रहने सरकारी तथा गैर सरकारी संघ संस्थाहरु पूर्वी नेपालको सहर धरान, विराटनगर, विर्तामोडको बिभिन्न संस्थाका पदाधिकारीहरुको बैठक, भेला लगायतको कार्यक्रम गर्न रिसोर्टमा तान्ने योजना रहेको रिसोर्ट सञ्चालक रोसन हाङबाङ्गले बताए ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…