• ४  मङ्सिर,२०७४ सोमबार  मोरङ  रातोकलम

    मोरङ क्षेत्र नं. ३ मा वाम गठबन्धनलाई थप मजबुद बनाउन कार्यकर्ता परिचालन गरेर मतदाता शिक्षा चलाउने भएको छ । निर्वाचन परिचालन समितिको आज बसेको बैठकले हरेक वडा आठ जना मतदाता परिचालक खटाएर भोट लाउन सिकाउने निर्णय भएको हो । एमालेका किशोर राई र माओवादी केन्द्रको जहरमान लिम्बू लगायतको वाम गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो ।

    दुई पार्टीले हरेक वडामा ४—४ जना कार्यकर्ताहरुलाई एक दिने तालिम दिएर नमुना मतपत्र, स्वस्तिक छाप, झोला दिएर परिचालक खटाउने निर्णय भएको निर्वाचन परिचालन समिति पथरीशनिश्चरे नगर संयोजक किशोर राईले बताए । एउटा वडा ८ जनालाई छ दिनको दरले टोलटोलमा खटाउने निर्णय भएको हो ।

    मोरङ ३ नम्बर क्षेत्रमा प्रतिनिसभाको लागि एमाले पोलिटब्यूरो सदस्य भानुभक्त ढाकाल ३ (क) माओवादी केन्द्रकी गीता तिम्सिना र (ख)मा राजकुमार ओझा प्रदेश सभामाका उमेद्वार हुन् । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा सुनिल शर्मा, प्रदेश सभा (क)मा सुयर्मा राई र (ख)मा ईश्वरी कोइराला चुनावी मैदानमा छन् । स्थानीय तहको निर्वाचनलाई आधार मान्दा ३ नम्बर क्षेत्रमा कांग्रेस भन्दा वाम गठबन्धन करिव २१ हजारको मतले अगाडि छ ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…