•  

    इटहरी । नेपाल आइडलकी प्रतिष्पर्धी सन्ध्या जोशी सुनसरीको इटहरीमा भएको दुर्घटनाबाट बालबाल बचेकी छिन् । इटहरीमा एक टेलिभिजनले आयोजना गरेको मिस कलेजको कार्यक्रममा सहभागी हुन आएकी सन्ध्या कार्यक्रम पश्चात खानाखान जाँदा रातको १२ बजे कार रोकेर उत्रिने क्रममा एक्कासी बिपरित तर्फबाट आएको मोटरसाईकलले ठक्कर दिँदा सोही मोटरसाईकलमा सवार १ जनाको मृत्यू भएको छ भने चालक सामान्य घाइते भएका छन् ।


    कारमा सबार सन्ध्या जोशी लगायत अन्य ३ भने सकुसल रहेका छन् । इटहरी १७ का कमल घिमिरेले चलाएका को ११ प ८०८५ नम्बरको मोटरसाईकलमा पाछाडी बस्ने २५ बर्षीय उपेन्द्र घिमिरे, मृत्यू भएको प्रहरीले जनाएको छ । चालको अवस्था गंम्भिर रहेका र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बा १३ च ३३४१ म रहेका जोशी सहित अन्य ४ जना सकुशल रहेका छन । कार चालक बाबुराम प्रधान घाइतेको उपचारमा संलग्न भएपनि उनी प्रहरीको निगरानीमा रहेको बताइएको छ ।




सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…