• एजेन्सी ।

    प्रहरीले हेलिकप्टरबाट आफ्नो बगैचामा सेक्स गरिरहेका एक जोडीको फिल्म बनाएपछि मुद्दा अदालतमा सम्म पुगेको अदालतमा यसको सुनुवाई जारी छ । घटना बेलायतको हो । यो मामिलामा व्रिटेनको दक्षिण योर्कशरका दुई प्रहरी अधिकारी र दुई पाइलटविरुद्ध शेफिल्डको क्राउन कोर्टमा सुरुवाई सुरु भएको हो ।

    भिडियो खिच्ने ४२ वर्षीय मैथ्यु लुकास, ४७ वर्षीय ली वाँल्स, ४५ वर्षीय मैथ्यु लूसेमोर र ६४ वर्षीय मलकोम रीव्सले सरकारी साधनको दुरुपयोग गरेको भन्ने आरोप भने अस्वीकार गरेका छन् । अदालतमा भनियो कि एक जोडी घाममा विना कपडा (नांगै) थिए र दुबै जना सेक्स गरिरहेका थिए । यसैक्रममा प्रहरीले हेलिकप्टरबाट भिडियो खिचेर फिल्म बनाएर गयो । यद्यपी प्रहरी अधिकारीले यो आरो पनि अस्वीकार गरेका छन् । यसमा संलग्न भनिएका पाँचौं व्यक्ति पूर्व प्रहरी अफिसर एड्रिअन पोगमोरेले भने आरोपलाई स्वीकार गरेका छन् कि सरकारी अफिसको दुरुपयोग गरेको हौं ।

    भिडियो खिच्ने प्रहरी अधिकारी 

    प्रहरी अधिकारीले खिचेको फुटेजमा क्लियर देखिएको छ त्यो जोडी आफ्नो सुरमा सेक्स गरिरहेका छन् । यो घटनाका जाँच अधिकारी रिचर्ड राइटले हेलिकप्टर चालक दलका सदस्यले एक उच्च क्वालिटीको भिडियो क्यामेरा प्रयोग गरेको पाइएको बताए । उनले यस्तो गर्नु अधिकारको दुरुपयोग र निजताको उल्लघंन भएको बताए । यता पीडित महिलाले कोर्टमा भनिन्– यो मेरो निजी जीवनको खुलमखुल्ला उल्लंघन हो । म यसबाट हैरान र दुःखी भएकी छु । कोर्टमा २०१२ सालमा पनि यस्तै प्रकृतिको फिल्म बनाइएको प्रसंग निकाल्दै आगामी तीन हप्तासम्म सुनुवाई जारी रहने बताइएको छ । त्यसपछि प्रहरी अफिसरलाई सफाइ दिने कि निलम्बन गरी जेल पठाउने भन्ने फैसला हुनेछ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीश…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बा…