• ३१ भदौ, पोखरा ।

    नेकपा माओवादी केन्द्रले पार्टीका पोलिट्ब्यूरो सदस्य तथा कास्कीका प्रचार विभाग ईञ्चार्ज बालासिंह काउछालाई अनियमितताको आरोपमा स्पष्टीकरण सोधेको छ ।

    माओवादी केन्द्र कास्कीका ईञ्चार्ज राजकाजी तमु ‘करण’ले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै काउछा बिरुद्ध आर्थिक अनियमितताको प्रमाणसहित लिखित उजुरी परेकाले स्पष्टीकरण माग गरेको जनाएका हुन् ।

    विज्ञप्तीमा भनिएको छ-‘तपाईं बालासिंह काउछाबिरुद्ध आर्थिक अनियमितता सम्बन्धी लिखित उजुरी परेको र यसबारे पटकपटक जानकारी गराउँदा पनि उल्टै पार्टी संगठनप्रति इमान्दार नरही पार्टीबिरुद्ध नै अनधिकृत सम्बन्ध बढाउँदै गएको तथा पार्टीको मर्यादालाईसमेत कायम राख्न नसकेकाले लिखित स्पष्टीकरणसहित २४ घण्टाभित्र पार्टी कार्यालयमा उपस्थित हुन अनुरोध गरिन्छ ।’

    काउछा माओवादी केन्द्र निकट मगर मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनी मसाल, एमाले र माले हुँदै २०६४ सालमा माओवादीमा प्रवेश गरेका थिए । उनी यसअघि बाबुराम भट्टराई निकट मानिन्थे ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीश…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बा…