मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्याराडाइज इङलिस बोर्डिङ स्कुलले सुक्रबार २२ औं वार्षिकोत्सब मनाएको छ ।
स्कुल संचालक समितिको अध्यक्ष तथा निर्देशक सुरेन्द्र लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा भएको थियो ।
वार्षिकोत्सबको अवसरमा आयोजित विभिन्न खेल विजेता खेलाडीहरुलाई नगरप्रमुख तुम्बापो, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राई, पथरीशनिश्चरे नगरका सूचना सम्पादक शन्तोष राई, विद्यालय सञ्चालकहरु, शिक्षकहरुको हातबाट पुरस्कार प्रदान गरिएको थियो ।
शिक्षक दुर्गाबहादुर कार्कीद्वारा सञ्चालित कार्यक्रममा शिक्षिकाहरु, नर्सरीदेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरुले नृत्यु, गायन लगायतका सांस्कृतिक प्रस्तुती दिएर उपस्थित अभिभावक र विद्यार्थीहरुलाई मनोरञ्जन दिएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मोहन तुम्बापो लगायतले शुभकामना दिइएको कार्यक्रममा प्रधानाध्यापक गोपालप्रसाद तिम्सिनाले स्वागत मन्तव्य दिनुभएको थियो ।
उद्घाटन कार्यक्रमको समापन मन्तव्य दिदै विद्यालयका निर्देशक सुरेन्द्र लिम्बूले विद्यार्थी अब्बल बनाउन विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी सबैको जिम्मेवारी रहने बताउनुभयो ।
