• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’ बिहिबार समापन भएको छ । 
    पथरीशनिश्चरे—२ मा स्थापित रेडस्टार बोर्डिङ स्कुल भारी पदकको साथ प्रथम भएको छ । रेडस्टार बोर्डिङ स्कुलले १९ वटा गोल्ड, ५ वटा शिल्भर र ४ वटा काँस्यसहित २८ पदकको साथ प्रथम भएको छ । 
    पथरीशनिश्चरे—८ स्थित बुद्ध मावि ७ गोल्ड, ७ शिल्भर र ६ कास्य पदक जितेर दोस्रो भएको छ । बुद्ध मावि गत बर्ष प्रथम भएको थियो । 
    जनता मावि ६ वडा गोल्ड, ५ शिल्भर र १ कास्यसहित १२ पदक जितेर तेस्रो भएको छ । पञ्चायत माविले ६ गोल्ड, ६ शिल्भर र ३ कास्य पदक जितेको छ । 
    त्यसैगरी भागिरथ माविले ५ गोल्ड, २ शिल्भर, ५ कास्य पदक १२ वटा पदक जिते । अरुणोदलय बोर्डिङ स्कुलले ४ गोल्ड, २ शिल्भर, १ कास्यसहित ७ भूपू सैनिक बोर्डिङ स्कुलले २ गोल्ड, १ कास्य पदकसहित ३, वाल्मीकि, बाल नमुना, मोरङ मेरिगोल्ड, बोर्डिङ स्कुल, वालकल्याण, चन्द्रकिरातेश्वर र सिंहबाहिनी माविले एक एक गोल्ड मेडल जितेको छ । 
    सुनाखरी, सुगाहाट, प्याराडाइज, एभरेष्ट बोर्डिङ, दुर्गा मावि, अन्नपूर्ण, अमरसिंह माविले केहीले शिल्भर र केहीले कास्य पदक जितेको छ । 
    भलिबल र कपर्दी (छात्र, छात्रा) विभिन्न दुरीको दौड, कराते, हाइजम्प, लङजम्प, ट्रिपलजम्प, सटफुट लगायत खेलमा ५४ वटा गोल्ड मेडलको लागि प्रतियोगिता भएको थियो । 
    माघ २७ देखि २९ गतेसम्म भएको खेलकुद प्रतियोगितामा पदक र पुरस्कार विजेता विद्यालय र खेलाडीलाई पथरीशनिश्चरे नगर प्रमु्ख मोहन तुम्बापो, १ नं. वडा अध्यक्ष भीमकुमार राई, आयोजक समिति सदस्यसमेत रहेका पञ्चायत माविका प्रधानाध्यक्षक अर्जुनकुमार बुढाथोकी लगायतको हातबाट शिल्ड, ट्रफी, प्रमाणपत्र र मेडलहरु वितरण भएको थियो । 
    नगर प्रमुख तुम्बापो, वडा अध्यक्ष राई र आयोजक समितिका सदस्य सचिव अर्जुन बुढाथोकीले यो बर्षको रनिङ शिल्ड शान्तिपूर्ण र भव्यताको साथ समापन भएको बताउनुभयो । 

    भलिबलमा एभरेष्ट दोस्रो
    भलिबल प्रतियोगिता महिला र पुरुष दुवैमा पथरीशनिश्चरे—१ स्थित एभरेष्ट बोर्डिङ स्कुल दोस्रोहुँदै शिल्भर मेडलमा चित्त बुझाउनु परेको छ । दुवै खेलमा रेडस्टार बोर्डिङ स्कुलले गोल्ड मेडल जितेर जिल्ला स्तरीय खेलमा सहभागी हुने भएको छ । 
    यो पटक जिल्ला स्तरीय प्रतियोगिता समेत जित्नेगरी तयारी गर्ने रेडस्टार बोर्डिङ स्कुलका प्रिन्सिपल टीएन तिम्सिनाले बताए । नगरमा प्रथम भएका खेलाडीहरुले जिल्लामा पथरीशनिश्चरे नगरको जर्सी लगाएर जिल्ला स्तरीय प्रतियोगितामा सहभागीहुने छन् । 

    संस्थागत विद्यालयमा पहिलो पटक प्रथम
    पथरीशनिश्चरे नगरमा संस्थागत (निजी) विद्यालयहरुले पहिलो पटक प्रथम भएको रेडस्टारको बोर्डिङ स्कुलको दावि छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…