• मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ । 
    शब्द थिएटरको लगायतका संस्था र कलाकारहरुको आयोजनामा पथरीशनिश्चरेमा बर्सेनि नाटक प्रदर्शनहुँदै आएको छ । 
    शब्द थिएटरको आयोजनामा पथरीमा अनि देउराली रुन्छ, चरणदास चोर जस्ता नाटक सफलतापूर्ण रुपमा प्रदर्शन भएको थियो । 
    शब्द थिएटरका अध्यक्ष अशोक साम्पाङ राई, निर्देशक जीवन बराललगायत कलाकारहरुले नाटक प्रदर्शन गर्दै आएपनि थिएटर हल नहुँदा समस्या थियो । 
    पथरीशनिश्चरे—२ लिचिडाँडामा स्थानीय समाजसेवी हिरा तिम्सिनाले ३ कट्ठा जग्गा दिएपछि सो स्थालमा नाट्याशाला निर्माण हुनेभएको हो । 
    जग्गा व्यावस्थापनमा पथरीशनिश्चरे—२ का वडा अध्यक्ष नैना राईले मुख्य भूमिका गर्नुभएको शब्द थिएटरका अध्यक्ष अशोक साम्पाङ राईले बताउनु भयो । 
    सो स्थलमा आज ‘शब्द थिएटर भवन निर्माण स्थल’ लेखिएको बोर्ड’ राख्नुको साथै सरसफाइ सुरु भएको छ । कार्यक्रममा पथरीशनिश्चरे २ नं. वडा अध्यक्ष नैना राई, जग्गादाता हिरा तिम्सिना, नगर कार्यपालिका सदस्य वीरध्वज शिवा लगायतले शुभकामना दिनुभएको थियो । 
    कार्यक्रममा स्थानीय समाजसेवी युवाराज बास्कोटा, अमिर राई, गणेश बाछना, लक्ष्मीप्रसाद फुयल, चन्द्रकुमार राई, दीपक ढुङ्गाना, सरोज तिम्सिना हर्कराज राई लगायतको उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…