• मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक साधारण सभा बुधबार समापन भएको छ । 
    संस्थाको अध्यक्ष पुष्पराज शाहीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि रहनुभएका नगर प्रमुख मोहन तुम्बापो, सामुदायिक वन उपभोक्ता महासंघ मोरङ जिल्ला कार्यबाहक अध्यक्ष मदन पोखरेल, नगर अध्यक्ष मैना आचार्य, डिभिजन वन कार्यालय पथरीका प्रमुख त्रिभुवन साहा स्थानीय समाजसेवी प्रेम ढकाल लगायतले शुभकामना दिएका थिए ।
    कार्यक्रममा जेष्ठ उपभोक्ताहरु, फरक क्षमता भएका उपभोक्ताहरुलाई नगद, दोसल्लाह, उपभोक्ताका जेहेन्दार २२ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, सार्वजनिक विद्यालयबाट एसइईमा उच्च जीपीए ल्याउने एक छात्र र छात्रालाई छात्रवृत्तिको रुपमा जनही साइकल प्रदान गरिएको थियो । 
    खुल्लासत्रमा अध्यक्ष पुष्पराज शाही, सचिव आरती राई, कोषाध्यक्ष रुमा लामा, लेखा समिति संयोजक ओम ढकालद्वारा प्रतिवेदन पेश प्रस्तुत भएको थियो । 
    कार्यक्रममा डाँसमोरङ्गी, भूल्के पशुपति, मनकामना, शान्ति, सुन्दर लगायतका छिमेकी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…