मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।
मुख्य सडकदेखि करिव ३ सय मिटर जंगलमा सेतो टिसट लगाएको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी तुलशीराम अर्यालले जानकारी दिएका छन् ।
घाँसदाउरा गएका व्यक्तिहरुले झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । करिव १०—१५ दिन अघि झुण्डिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
सेटो टिसट र कालो पेन्ट लगाएको अवस्थामा मंगलबार भेटिएको सो शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।