• मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, पूर्व परराष्ट्र मन्त्री आरजु देउवासम्म पक्राउ पर्ने सोही काण्डमा मुद्दा खेपिरहनु भएका सागर राईले बताउनु भएको छ । 
    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशहरुमा पठाउने कार्यमा शेरबहादुर देउवा, केपी ओली, आरजु देउवा, बालकृष्ण खाड, टोपबहादुर रायमाझी, बालकृष्ण पन्थी, राजेश बज्राचार्य लगायतको प्रत्यक्ष सहभागी रहेको सागर राईले भिडियो मार्फत बताउनु भएको छ । 
    तल्लो तहमा केशव दुलालले प्रमुख भूमिका खेलेको भिडियोमा बोल्नु भएको छ । 
    नक्कली शरणार्थी काण्ड गृहमन्त्री रामबहादुर थापा (बादल)को पालादेखि सुरु भएको राईले बताउनु भएको छ । 
    पथरीशनिश्चरे नगरपालिका १० नं. वडाका पूर्ब अध्यक्ष सागर राईले आफू र आफ्नो परिवारसहित अमेरिका जाने प्रलोभनमा ५ करोड ३५ लाख रकम नेताहरुलाई बुझाएको भिडियो मार्फत स्वीकार्नु भएको छ ।  ५ लाखदेखि ४५ लाखसम्म करिव ४० जनाबाट पैसा संकलन गरेर कांग्रेस, एमाले लगायतका पार्टी नेताहरुलाई बुझाएको बताउनु भएको छ । 
    नक्कली भुटानी शरणार्थी काण्डमा १३३ जना पीडितबाट ३३ जना विरुद्ध २८ वटा जाहेरी परेको थियो । सो काण्डमा २८ करोड १ लाख ७४ हजार ५ सय विगो माग दावी रहेको छ । 
    मुद्धामा सुरुमा यथार्थ बयान गरिएपनि पछि बयान उल्टाउने प्रयास भइरहेको समेत सागर राईले बताउनु भएको छ । 
    नक्कली भुटानी शरणार्थी काण्डमा आरजू देउवा लगायत अनुसन्धानमा पक्राउ पर्ने संकेत पाएपछि विचौलियाको संयोजनमा रातारात प्रचण्ड नेतृत्वको सरकार ढालेर केपी ओलीको नेतृत्वमा सरकार गठन भएको माओवादी अध्यक्ष प्रचण्डले बताउदै आउनु भएको छ । 
    पूर्व प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार सम्बन्धि फायल खोलेर भ्रष्टाचार विरुद्ध अभियान चलाउने क्रममा आफू नेतृत्वको सरकार ढालिएको पटकपटक बताउदै आउनु भएको छ ।  
    जेनजी आन्दोलन कर्मी, माओवादी केन्द्र, कांग्रेस, एमाले भित्रका असल नेता कार्यकर्ताहरु दर्ता भएको भ्रष्टाचार सम्बन्धी फायलहरु खोलेर कारबाही गर्नुपर्ने, कसैलाई छाड्न नहुने बताउदै आएका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…