• मोरङ । मोरङको पथरीशनिश्चरे—४, किर्तिपुरमा रहेको अस्थायी प्रहरी चौकीलाई करिव ४५ लाख पर्ने ३ कट्ठा जग्गा आज औपचारिक कार्यक्रमबिच प्रदान गरिएको छ । 
    त्सस छेत्रको सुरक्षालाई ख्याल गर्दै किर्तिपुरमा एक बर्ष अघि अस्थायी प्रहरी चौकी स्थापना भएको थियो । 
    अस्थायी प्रहरी पोष्टलाई स्थायी रुपमा राख्न चौकी व्यवस्थापन तथा जग्गा खोजविन समितिले पहल गर्दै आएका थिए । चौकीलाई स्थायी बनाउने गरी स्थानीय नरेन्द्रबहादुर थापा र चन्द्रबहादुर केसी २ जनाले ३ कट्ठा जग्गा प्रहरी चौकीको नाममा पास गरिदिएका थिए । 
    उक्त जग्गा बिहिबार किर्तिपुर अस्थायी प्रहरी पोष्ट जग्गा खोजविन समितिको आयोजनामा जग्गा चौकीलाई हस्तान्तरण गरिएको छ । पथरीशनिश्चरे नगर प्रमु्ख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोरङ जिल्ला प्रमुख अधिकारी ईन्द्रदेव यादव, जिल्ला प्रहरी प्रमुख नारायणप्रसाद चिमोरिया, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख तुलशीराम अर्याल लगायतको उपस्थिति रहेको थियो । 
    जग्गा खोजविन समितिको अध्यक्ष कपिलमणी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाताहरुबाट नगर प्रमुख, जिल्ला प्रमुख अधिकारी प्रहरी प्रमुखलाई संयुक्त रुपमा जग्गा प्रदान गरिएको थियो । 
    अस्थायी प्रहरी पोष्ट जग्गा खोजविन समितिका सचिव विरोज मगरले सञ्चालन गर्नुभएको कार्यक्रममा नगर प्रवक्ता नवीनजङ्ग कार्की, वडा अध्यक्षहरु उध्धवराज बस्नेत, लोककिरण न्यौपाने, कृष्ण बस्नेत, चेतेन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो । 
    कार्यक्रम सभापति कपिलमणी ढकाल, कार्यक्रम औचित्य प्रष्ट्याउने क्रममा वडा अध्यक्ष लोककिरण न्यौपाने, स्वागत मन्तव्यको क्रममा वडा अध्यक्ष उध्धवराज बस्नेत, कार्यक्रम सञ्चालक विरोध मगर र जग्गा दाताहरुले अस्थायी प्रहरी पोष्टलाई स्थायी बनाउनुपर्ने जनताको आवाज रहेको बताएका थिए । 
    संयुक्त रुपमा जग्गा ग्रहण गरिसकेपछि प्रमुख मोहन तुम्बापो, जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी प्रमुख नारायण चिमोरियाले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

     


     

सम्वन्धित समाचार

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई जनताको सेवामा फर्किन आव्हान गरेका छन्…

मोरङ । नेपालको ४२ औं प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भइरहदा संविधानले चिने नचिनेको भन्दै बैधा…