• मोरङ । मोरङको पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता कार्तिक १५ गतेदेखि हुने भएको छ  ।
    आयोजक पथरी—११, फुटबल क्लवले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर सो बारे जानकारी गराएको हो । क्लवका अध्यक्ष सुमन विकले दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता आगामी कार्तिक १५ देखि २२ गतेसम्महुने बताउनुभयो । 
    प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख, दोस्रोहुनेलाई २ लाख ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरिने अध्यक्ष सुमन विकले बताउनुभयो । प्रतियोगितामा प्रथम गोल्डकपमा सहभागी भएका टिमहरुलाई पहिलो प्राथमिकता दिइने आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न ६० लाख लागत अनुमान गरिएको अध्यक्ष विकले बताउनुभयो । 
    पत्रकार सम्मेलनमा पथरीशनिश्चरे नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राई, स्थानीय समाजसेवी प्रदीपकुमार राई, गोल्डकप प्रतियोगिता खेल संयोजक जितेन राई, कोषाध्यक्ष अम्बिका लिम्बू, फुटबल टिमका कोच अर्जुन बस्नेत, खेल प्रेमि भिष्म न्यौपाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पथरी—११ फुटबल क्लवका सचिव केशर राईले सञ्चालन गर्नुभएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…