• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा, कुक र ड्राइभिङ तालिम समापन भएको छ । 
    पथरीशनिश्चरे नगरपालिकाको आदिबासी जनजाति लक्षित वर्गको कार्यक्रममा तीन प्रकारको तालिम शनिबार समापन भएको हो । नेपाल आदिबासी जनजाति महासंघ समन्वय समिति पथरीशनिश्चरेको आयोजना÷संयोजनमा एक महिने तालिमहरु भएको थियो । 
    जिल्ला उद्यमी समूह संघ मेचीनगर झापाको प्राविधिक सहयोगमा वारिष्टा, कुक र नेम्वाङ ड्राइभिङ सेन्टर मार्फत तालिम दिइएको आयोजक समितिको अध्यक्ष देवेन्द्र वनेमले बताए । 
    आयोजक समितिको अध्यक्ष वनेमको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहोन तुम्बापो, फोनिज संघीय उपाध्यक्ष अर्जुन जम्नेली राई, धिमाल जातीय विकास केन्द्रका सचिव रोमान्सि धिमाल, वारिष्टा तालिम कार्यक्रम संयोजक दयालाल (डीएल) राजवंशी, नेम्वाङ ड्राइभिङ सेन्टरका अनुप नेम्वाङ लगायतले बधाई तथा शुभकामना दिएका थिए । 
    ड्राइभिङ तालिम लिनेहरु मध्ये १० जनाले सवारी चालक अनुमति पत्र लिइसकेको, बारिष्टा, कुक तालिम प्रभावकारी भएको आदिबासी जनजाति नगर महासंघका उपाध्यक्ष राजेन्द्र गुरुङले बताए । तालिममा सहभागीहरुलाई नगर प्रमुख र अतिथिहरुको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । उद्घाटन र समापन कार्यक्रममा विभिन्न सामुदायिक संस्थाका अध्यक्षहरु उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…

मोरङ । नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न जाँदै गरकी मोरङ पथरीशनिश्चरे नगरकी रिजु भट्…

मोरङ । तालिम प्राप्त कुकुरहरु प्रयोग गरेर मोरङको पथरी बजारमा अबैध लागु औषध खोजि गर्ने क्रममा एक जना पक्रा…