काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका ४ स्थित खैराटोलमा सडक विस्तारको कामको क्रममा उत्पन्न विवादलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।
आज बिहान सडक विस्तारको कामको क्रममा उत्पन्न विवादले उग्र रूप लिएपछि स्थानीयवासी र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
झडपका क्रममा इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका छन् ।
झडप नियन्त्रण गर्ने क्रममा घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पुरयाइएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार स्थिति अहिले नियन्त्रणमा छ र अवस्था सामान्य बन्दै गएको छ ।