• मोरङ । मोरङको कानेपोखरी—७, स्थित कानेबेराङमा सुक्रबार धिमाल समुदायको जातिरी मेला समापन भएको छ । 
    धिमाल जातीय विकास केन्द्र धम्कुवा गाउँटोल समितिका अध्यक्ष जन्तलाल धिमालको अध्यक्षतामा भएको कार्यक्रममा कानेपोखरी—७ नं. वडा अध्यक्ष मोहन अधिकारी, धिमाल जातीय विकास केन्द्रीय सहअध्यक्ष केदार धिमाल, उपाध्यक्ष रुकमिनी धिमाल, किरात राई यायोक्खा उपमहासचिव अर्जुन जम्नेली राई, मनोज राजवंशी, नेपाल आदिबासी जनजाति महासंघ मोरङ जिल्ला उपाध्यक्ष भोजवीर माझी लगायतले शुभकामना दिएका थिए । 
    कानेबेराङमा आज विहानै पोखरी तथा धिमाल समुदायको सांस्कृतिक स्थालमा पूजा गरेका थिए । 
    कानेपोखरी—७, कान जस्तो पोखरी भएको स्थानमा धिमाल समुदायले सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । सो स्थालमा कानेपाखरी गाउँपालिका र सामुदायिक वनले जानकारीसम्म नदिइ निर्माण कार्य थालेर अतिक्रमण गर्न खोजिएको भन्दै धिमाल जातीय विकास केन्द्रले आन्दोलन गर्दै आएका छन् । 
    सुक्रबार कार्यक्रमलाई सम्बोधन गर्दै धिमाल जातीय विकास केन्द्रका सहअध्यक्ष केदार धिमालले धिमाल समुदायको सांस्कृतिक स्थाल अतिक्रमण भए कडा आन्दोलन घोषणा गर्न बाध्यहुने चेतावनी दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि रहनु भएका कानेपोखरी ७ नम्बर वडा अध्यक्ष मोहन अधिकारीले छलफलको लागि पालिका तयार रहेको बताउनुभयो ।

    सो स्थलमा आज पूजा र सांस्कृतिक कार्यक्रम भने निर्वाध रुपमा सम्पन्न भएको धिलमा जातीय विकास केन्द्रका महासचिव मातृका धिमालले बताउनुभयो । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…