• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि सोमबार शिलान्यास भएको छ । 
    नगरको वडा नं. १०, शिविर डाँडामा नगर प्रमुख मोहन तुम्बापो र उपप्रमुख देविमाया काफ्लेको हातबाट इँटा राखेर भवनको शिलान्यास गरिएको हो । 
    सरकारी जग्गा प्रकृया पु¥याएर नगरको भोगाअधिकार ल्याएपछि १२ कठ्ठा क्षेत्रमा प्रशासनिक भवन बन्न लागेको हो । 
    पाँच तलाको भवन २० करोड ३ लाख २३ हजारको लागतमा बन्ने पथरीशनिश्चरेका प्रमुख प्रशासकीय अधिकृत शशि राईले बताउनुभयो । 
    बैशाख ४ गते निर्माण व्यवासायीसँग २०८३ चैत्र मशासन्तसम्म भवन सक्नुपर्ने सम्झौता भएको पथरीशनिश्चरे नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राईले बताउनुभयो । 
    भवनको लागि नगरले ४ करोड ७० लाख छुटाएको, नेपाल सरकारले भवन निर्माणको लागि १२ करोडको आधा रकम दिने व्यवस्था रहेको र अन्य श्रोत जुटाएर भवन निर्माण सम्पन्नहुने अधिकृत राईको भनाइ थियो । 
    शिलान्यास कार्यक्रमको अध्यक्षता गर्नु भएका नगरप्रमुख मोहन तुम्बपोले सरकारी जग्गा नगरपालिकाको नाममा ल्याउन सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यावाद दिनुभयो । प्रमुख तुम्बापोले नगरको प्रशासनिक भवन बन्ने वातावरण बनाउने सम्पूर्णलाई जस जाने र आफूले मात्र नदिने बताउनुभयो । 
    कार्यक्रममा संविधान सभा सदस्यद्वय चण्डीप्रसाद राई, लालबहादुर शुश्लिङ मगर, पथगरीशनिश्चरे नगरका प्रर्ब प्रमु्ख दिलिपकुमार राई, पूर्व शनिश्चरे गाविस अध्यक्ष मोहन न्यौपाने, नेपाली कांग्रेसका नगर उपसभापति कुलबहादुर गुरुङ लगायतले शुभकामना दिनुभएको थियो । 
    कार्यक्रममा नगरपालिकाको पूर्व उपप्रमुख यमुना विष्ट, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, वर्तमान र पूर्व वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक पार्टीका नगर स्तरीय नेताहरु, विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति भएको थियो । 
    १० नम्बर वडा अध्यक्ष जीवन खतिवडाले स्वागत गर्नुभएको कार्यक्रम नगरका शिक्षा विभाग प्रमुख नवीन खुलालले सञ्चालन गर्नुभएको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…