• मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित युमा माङहिममा नेपालको राष्ट्रिय विभूति समाज सुधारक फाल्गुनन्द लिङ्देनको सालिक राख्न शिलान्यस भएको छ । 
    फाल्गुनन्द लिङदेन किरात धर्मका प्रवर्तक हुनुहुन्छ । अनुयायीहरुले फाल्गुनन्द लिङ्देनलाई महागुरु मान्दछन् । 
    गत बुधबार (बैशाख२४) ९५ औं समाज सुधारक दिवसको अवसरमा फाल्गुनन्द लिङ्देनले गर्नुभएको योगदानको चर्चा गरिएको थियो ।  
    किरात युमा माङहिम पथरीशनिश्चरेको मोरङको आयोजनामा समाज सुधारक दिवस कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि रहनुभएका नगर प्रमुख मोहन प्रसाद तुम्बापो, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिम, रामभक्त कुरुम्बाङ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । 
    दिवसको अवसरमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको सालिक नगर प्रमुख मोहन प्रसाद तुम्बापोले इँटा राखेर शिलान्यास गर्नुभएको छ । 
    कार्यक्रममा शिक्षिका बालकुमारी लिम्बूले फाल्गुनन्द लिङ्देनको ७ बुँदे सत्य धर्म मुचुल्का वाचन गरेका थिए । कार्यक्रमको विशेष अतिथि डकेन्द्रसिंह थेगिमले ७ बुँदे सत्य धर्म मुचुल्कालाई बुद्धका पञ्चशील र इसाईका दश आज्ञासँग तुलना गर्नुभएको थियो । उहाँले मुचुल्का बिश्व मानब जातिलाई सभ्य, सुसंस्कृत बनाउनुको साथै जीवन यापनको मार्ग दर्शक रहेको बनाउनुभयो ।
    नवीन दिल्पाली राईको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, नगर अध्यक्ष प्रेम राई, धिमाल जातीय विकास केन्द्रका सहअध्यक्ष केदार धिमाल, पथरीशनिश्चरे १० नं. वडा अध्यक्ष जीवन खतिवडा, माओवादी केन्द्रका शिव तिम्सिना, किरात धर्मको अनुयायीहरुको उपस्थिति रहेको थियो । 
    कार्यक्रममा प्रमुख सेवा, साभा जेतबहादुर थलङको नेतृत्वमा पुजा भएको थियो । सो स्थालमा फाल्गुनन्द साम्जिक मुन्धुम आधारभूत विद्यालयमा किरात सिरीजङ्गा लिपी र लिम्बू भाषामा पठान पाठन हुँदै आएकोछ । कार्यक्रममा लिम्बू सामुदायको च्याब्रुङ नाच लगायतको सांस्कृतिक प्रस्तुत गरिएको थियो ।


     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…