• मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीमा धिमाल समुदायले आन्दोलन थालेका छन् । 
    प्रकृतिक पुजक धिमाल समुदायले कानेपोखरी गाउँपालिका—७ स्थित पोखरी भएको स्थाल नजिकै बािर्षक रुपमा धार्भिक÷सांस्कृतिक कार्य गर्दै आएका छन् । सो स्थालमा धिमाल समुदायले पुजा गर्नुको साथै ढोल बजाएर सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । 
    धिमाल समुदायसँग समन्वय नगरी व्यापारिक प्रयोजनको लागि नयाँ संरचनाहरु निर्माण गरेर आफ्नो सांस्कृतिक स्थाल कब्जा गर्न खोजेको भन्दै शनिबार धिमाल जातीय बिकास केन्द्र लगायतले सपत्रकार सम्मेलनको आयोजना गरेर विरोध जनाएको हो । 
    केहीदिन अघि निर्माण कार्य सुरु गर्न जेसीबिले खाडल (डोब) खनेपछि सुक्रबार (बैशाख १९) स्थानीय धिमाल समुदायले डोब (खाडल) पुरिदिएका थिए । पत्रकार सम्मेलनमा वितपरित प्रेस विज्ञप्तिमा धिमाल समुदाय आदिम कालदेखि बसोबास र सांस्कृतिक कार्य गर्दै आएको उल्लेख छ । 
    धिमाल समुदायको मुन्दुम, मिथकमा सो स्थल कानि बेराङ र शक्तिसाली महिलाको आलिखित कथा आउने गरेको विज्ञप्तिमा उल्लेख छ । 
    सो स्थलमा धिमाल समुदायसँग समन्वय नगरी निर्माण थालिएपछि आन्दोलनमा उत्रिनु बाध्य भएको उल्लेख छ । आस्थाको केन्द्रको रुपमा स्थिापित सो स्थालमा धम्कुवा गाउँटोलले पूजा गर्दै आएको धिमाल जातीय विकास केन्द्र केन्द्रीय सचिव अजित धिमालले बताए । 
    पत्रकार सम्मेलनमा केन्द्रका केन्द्रीय सहअध्यक्ष केदार धिमाल, स्थानीय जन्तलाला धिमाल, राजकुमार धिमाल, नेपाल आदिबासी जनजाति महासंघ मोरङ जिल्ला उपाध्यक्ष भोजवीर माझी, कानेपोखरी गाउँ समिति खुलु राजवंशी, थारु कल्याणकारीणी सभाका केन्द्रीय पार्सद लक्ष्मण चौधरी, स्थानीय डिल्लिप्रकाश चौधरी लगायत उपस्थिति रहेका थिए । 
    पत्रकार सम्मेलनमा धिमाल समुदायको देव स्थलमा जबरजस्ति अधिक्रमणको प्रयास गरिए जस्तोसुकै कडा संघर्षको कार्यक्रम ल्याउन ल्याइने धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सहअध्यक्ष केदार धिमालले बताए । 
    त्यहाँ नयाँ संरचना निर्माणको लागि डोबहरु खन्न थालेपछि धिमाल समुदायले पुरिदिने र फेरी खन्ने दोहोरी हुन थालेपछि स्थानीय धिमालहरुको जम्मा भएर बस्न थालेका छन् । सो स्थलमा टिकट घर, घेराबार लगायत संरचनाको लागि ९२ लाख संघीय सरकारबाट बजेट परेको बुझिएको छ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…