• मोरङ । पूर्ब प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) वैशाख २६ गते सुनसरीको धरान आउने भएका छन् । 
    पार्टी सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको संयुक्त उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड धरान आउने भएका हुन् । 
    किराती मोर्चाको पाँचौ र लिम्बुवान मोर्चाको सातौ राष्ट्रिय सम्मेलन सुनसरीको धरानमा हुने किराती राष्ट्रिय मुक्ति मोर्चाको संघीय अध्यक्ष राजन किराती (बासु)ले बताए । उद्घाटनपछि बन्द सत्र भने छुट्टाछुट्टै हुने लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका संघीय अध्यक्ष मुक्सामहाङ मेन्याङ्बो (मुकेश)ले बताए । 
    दुई मोर्चाको संयुक्त उद्घाटन धरानको भानु चोकमा गर्ने तयारी भइरुहेको छ । पार्टीको महासचिव देव गुरुङ, आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको फ्याक्सन इन्चार्ज ओनसरी घर्ति मगर, संघीय संयोजक शुरेस आले मागर, पार्टी केन्द्रीय नेताहरु शुरेसकुमार राई (हिमाल), दुर्गा राई लगायतका नेताहरु उपस्थितिहुने बताइएको छ । 
    अन्य शीर्षस्थ नेताहरु सहभागिहुने कार्यक्रममा २० हजार जनसहभागिता गराउने तयारी भइरहेको संयुक्त आयोजक समितिले जनाएको छ । कार्यक्रममा नेपालका स्थापित कलाकारहरुको साथै सांस्कृतिक झाँकीहरु प्रदर्शनहुने बताइएको छ । 
    कार्यक्रममा व्यापक जनसहभागिताको लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले आव्हान गरेका छन् । कार्यक्रम भव्य बनाउन किराती, लिम्बुवान मोर्चा र पार्टी नेता कार्यकर्ताहरु तयारीमा लागेको बुझिएको छ । 
     

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…