• मोरङ । पत्रकार बिजय खम्बू लगायत तीन जनालाई सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गर्दै भूपू सैनिक अंग्रेजी स्कुलले शनिबार २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
    वार्षिकोत्सवको अवसरमा विद्यालयले तिम्मा न्युजका सञ्चालक विजय खम्बूलाई सम्मान पत्र र नगदले सम्मानित गरिएको छ । खम्बूसँगै असल अभिभावकको रुपमा विष्णुकुमार राई र बखतेबहादुर राउतलाई प्रशशा पत्र र खदाले सम्मान गरेका थिए । 
    पत्रकार विजय खम्बूलाई कलमको माध्यमबाट सामाजिक परिवर्तनमा योगदान पु¥याउदै आएकाले सम्मान गरिएको उल्लेख छ ।
    सम्मानित व्यक्तिहरुलाई विद्यालय सञ्चालक समितिका अध्यक्ष धनबहादुर रानामगर, प्रिन्सिपल उपेन्द्र कडेल, नगर प्यब्सनका अध्यक्ष शन्तोष बस्नेत, पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकीले सम्मानपत्र प्रदान गरेका थिए । 
    कार्यक्रममा पथरीशनिश्चरे नगरका शिक्षा विभाग प्रमुख नवीन खुलाल, नगर प्याब्सनका अध्यक्ष शन्तोष बस्नेत, पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकी लगायतका अथितिहरु उपस्थिति रहेका थिए । 
    वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य, गीत तथा नाटक प्रस्तुत गरेर उपस्थिति दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । कार्यक्रममा कक्षा नर्सरीदेखि १० सम्म प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…