• मोरङ । नेपाली कांग्रेसमा दुई कार्यकाल महासमिति सदस्य, नेपाल विद्यार्थी संघको जिल्ला सभापति भएर काम गरिसकेका जयराज संयोग लिम्बू लगायत ९५० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
    कांग्रेसमा लामो कालखण्डमा राजनीति गरेका लिम्बू पार्टी परित्याग गरेर स्वतन्त्र बस्दै आएका थिए । मंगलबार कानेपोखरीको रमाइलोमा आयोजित पार्टीको दोस्रो पालिका सम्मेलन उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमा विभिन्न पार्टीका नेता, कार्यकर्ताहरु माओवादी केन्द्र्रमा प्रवेश भएका हुन् । 
    पार्टी प्रवेशीहरुलाई नेपालको पूर्व प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले टिका र खदा लगाएर स्वागत गरेका थिए । 
    जयराज संयोग लिम्बूसँगै कांग्रेस मोरङ जिल्ला सदस्य शेरबहादुर लिम्बू, शन्तोष सेरेङ लिम्बू, सीता छाराहाङ राई, विवेक खनाल, होमनाथ घिमिरे, मनिष गुरागाई, संंजिव लिम्बू, विशाल तिरुवा, याम योञ्जनको टोली माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 
    एमालेबाट साबिक पथरी गाविसहुँदा वडा अध्यक्ष जितेर काम गरिसकेका लाक्पा तामाङ, जसपाबाट संघीय सांसद्का उमेद्वार भएका नारायण कार्की लगायत कांग्रेस, एमाले, जसपा र स्वतन्त्र गरी ९५० जना माओवादी केन्द्रमा प्रवेश गरेको सो संगठनका केन्द्र्रीय सदस्य समेत रहेका मोरङ जिल्ला इन्चार्ज कुलप्रसाद साम्बा लिम्बूले बताए । कार्यक्रममा कानेपोखरी गाउँपालिका, पथरीशनिश्चरे र बेलबारी नगरबाट पार्टी प्रवेश गरेका हुन् । 
    पार्टीको सोमबार झापाबाट ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’ सुरु भएको कारण कानेपोखरीमा उपाध्यक्ष पम्फा भुसाल, अग्नि साप्कोटा, महासचिव देव गुरुङ, उपमहासचिवहरु बर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत लगायतका शीर्ष नेताहरु उपस्थित भएका थिए । 


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…