• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका २ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले सुक्रबार बिभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै २३ औं स्थापना दिवस मनाएको छ । 
    सहकारी सस्थाले आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा प्रथम भएका सिंहबाहिनी माविका सरु आचार्य, पञ्चायत माविका सौभाग्य मिश्र दोस्रो, न्यु पेगोडा बोर्डिङ स्कुलका सरमन ढुंङ्गेल तेस्रो र सान्वता पुरस्कार बिजेता रेडस्टारका आराध्य खड्का र चन्द्रकिरातेस्वर माविका खुशी आङ्देम्बेलाई नगद र प्रमाण पत्र वितरण गरिएको थियो । 
    वक्तृत्व कला प्रतियोगितामा सहभागी भएर पुरस्कार विजेता विद्यालयहरुलाई समेत सहकारी संस्थाको तर्फबाट कदर पत्र वितरण गरिएको थियो । 
    लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनराज राई .(अमिरं)को अध्यक्षतामा भएको कार्यक्रममा ८ जना एकल महिलाहरुलाई जनही २ हजार राहत वितरण गर्नुको साथै ७५ बर्षिय भीम तामाङलाई जेष्ठ सदस्यको रुपमा सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 
    संस्थाका सचिव महेन्द्र ढुङ्गानाद्वारा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे ३ नं. वडा अध्यक्ष बिजय सुब्बाको हातबाट सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । 
    कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार लिबहादुर तामाङ, वडा सदस्यहरु चन्द्रकुमार राई, सपना राई लगायतको उपस्थिति रहेको थियो । संस्थाले हरेक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ । संस्थागत रुपमा ब्लड डोनेसन गर्ने संगठनहरुलाई कदर पत्र वितरण गरिएको लर्डं बुद्ध साकोसका व्यवस्थापक गणेश वाछना राईले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…