• मोरङ । ताप्लेजुङको मुक्कुम्लुङ÷पाथीभारामा केवलकार विरुद्ध संघर्ष गर्दै आएका युवाहरुमाथि प्रहरीले गोली हानेपछि आज ताप्लेजुङ जाने मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट आउने नाकाहरु पूर्ण बन्द रहेका छन् । 
    मुक्कुम्लुङमा बनाउने भनिएको केवलकार खारेजीको निर्णय नभएसम्म बन्द जारी रहने संघर्ष समितिले जनाएको छ । 
    बन्दको कारण झापाको बुधबारे, इलाम, पाँचथर, सुनसरी धनकुटाहुँदै फिदिम जाने तमोर करिडोर ठप्प रहेको छ । बन्द गराउन बिहानैदेखि सडकमा संघर्षरत संस्थाका नेता कार्यकर्ताहरु रहेका छन् । 
    झापाको चाराली, बुधबारे, इलामको विभिन्न स्थानहरु, पाँचथरको फिदिम, हेवाखोला, तमोर कडिरोरको बिभिन्न स्थानमा आन्दोलनकारीहरु रहेका छन् । आज विहान बिभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । 
    स्थानीय जनता, सरोकारवालाहरुको विरोधको बाबजुद जवरजस्ति गर्ने प्रयास भएपछि मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, समाजिक संस्थाहरु र बिभिन्न राजनीतिक पार्टीका कार्यकर्ताहरु विरोध गर्ने क्रममा प्रहरीले शनिबार (माघ १२) जथाभावि गोली प्रहार गरेका थिए । 
    प्रहरीको गोली लागेका तीन जनाको काठमाडौंको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये एक जनाको छाँती, एक जनाको तिग्रा वारपार हुनेगरी गोली लागेको छ भने अर्को एक जनाको कुमको हड्डी भाँचिएको छ । 
    प्रहरीले निहत्था जनता माथि गोली बर्षाएको, केवलकार खारेजीसँगै प्रदेशको नाम कोशी खारेजी लगायतको माग राखेर ताप्जेजुङ जाने सम्पूर्ण नाकाहरु आज (माघ १५ं)देखि अनिश्चितकालीन बन्द गरेको हो । 
    गोली हान्न आदेश दिने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी प्रमुखहरुलाई कारबाही हुनुपर्ने माग राख्दै अनिश्चितकालीन सडक बन्दको आव्हान गरेको हो । 
    आन्दोलनमा सामाजिक संस्थाहरु किरात थाक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात धर्म तथा साहिन्य उत्थान संघ लगायत रहेका छन् । त्यसैगरी राजनीतिक पार्टीहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल जनमुक्ति पार्टी, जसपा नेपाल, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपासम्बद्ध किराती मोर्चा, मंगोल नेशनल अर्गनाइजेसन (डीजीजी)ं, पहिचानवादी मोर्चा लगायतका नेता, कार्यकर्ताहरु सडकमा रहेका छन् । 


    सडकमा आन्दोलनकारी


     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…