• मोरङ । मोरङको पथरीशनिश्चरे–३ स्थित सुन्दरी चोक नजिकै आइतबारदेखि यले महोत्सव सुरु भएको छ । 
    मुन्धुमी मा चुम्लुङको आयोजनामा भएको मेलाको उद्घाटन संस्थाका अध्यक्ष रोशन मादेनको सभापतित्वमा भएको कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बपोको प्रमुख आतिथ्यतामा भएको थियो । 
    कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, नगरपालिका ३ नं. वडा अध्यक्ष बिजय लिम्बू, धिमाल जातीय बिकास केन्द्रका केन्द्रीय सदस्य बाङ्गाई धिमाल, स्थानीय समाजसेबी नरबहादुर राई, रिता सिन्चौरी लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा लिम्बू समुदायको च्याब्रुङ, राई समुदायका साकेला नाच प्रस्तुत भएको थियो । 
    कबिराज लिम्बूले सञ्चालन गरेको कार्यक्रममा मौसम लिम्बूले स्वागत गरेका थिए । तीन दिनसम्म लाग्ने महोत्सवमा चर्चित गायक दीपक लिम्बू, बबिना किराती, मल्लिका कार्की लगायतको सहभागीताहुने आयोजक मौशम परिवर्तन लिम्बूले बताए । 
    यले सम्बद्ध हाङ यलम्बरको स्मारक संवत हो । यो संवत नेपाल सरकारले सूचिकृत गरेको छ । पथरीशनिश्चरे ३ मा राजकुमार पालुङ्वाको परिकल्पना र योजनामा यले संवत २०७०ं मा यले स्तम्भ गाडेको थियो । सुरुमा काठको स्तम्भ गाडेकोमा एक बर्ष अघि २० फिट अग्लो ढुङ्गाको स्तम्भ गाडेको छ । 
    यले संवत नयाँ बर्ष लागेको अवसरमा विहान पूजा गर्ने र दिउँसोदेखि बिभिन्न खेलकुद तथा साँस्कृतिक मनोरञ्जनको कार्यक्रमहुँदै आएको छ । 

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…