• काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान तथा खेलकुद कार्यक्रमको आयोजना गरी माघे सङ्क्रान्ति मनाएका छन् । 
    पारि गाउँमा हौ, वारी गाउँमा घाम लाग्यो घपाइलो देशै रमाइलो
    भेटैमा भायो हौ तिम्रो र हाम्रो, गरौन रमाइलो देशै रमाइलो...

    हुर्रा भाकाको यो चर्चित गीतमा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, विशेष अतिथि इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहनविक्रम दाहाल, शैक्षिक अभियान्ता (अध्यक्ष सुनाखरी विव्यास), प्रदीककुमार राई, कार्यबाहक १ नं. वडा अध्यक्ष बसन्ति गुरुङ, गुरुङ समुदायको तर्फबाट हेमभक्त तमु लगायतलाई आयोजक समितिले हुर्रा नचाएर मनोरञ्जन दिलाएका छन् । 
    मगर संघ नगर अध्यक्ष टंक राना मगरको सभापतित्वमा भएको कार्यक्रममा चर्चित गायक महेश बुढाथोकीले ‘काफल गेडी कुटुक्कै..., र भिडियो रिलिज हुन लागेको आफ्नै हुर्रा गीत प्रस्तुत गरेर उपस्थित दर्शक नचाएका थिए । 
    कार्यक्रममा नगर प्र्रमुख मोहन तुम्बापोले शुभकामना दिने क्रममा नगरका हरेक जातजातिको भाषा, संस्कृतिको विकासको लागि पथरीशनिश्चरे नगर सकेसम्म लागि परेको बताए । कार्यक्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय अनुशासन आयोगको प्रमुख अर्जुन जम्नेली राई, शैक्षिक अभियान्ता प्रदिपकुमार राई, हेमभक्त तमु लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
    हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष काबुलबहादुर मगर, शान्ति साबउसका अध्यक्ष कुलमणी गुरुङ, किरात राई यायोक्खा नगर अध्यक्ष प्रेम राईलगायत उपस्थिति रहेको कार्यक्रममा मगर संघका सहसचिव कला मगर, सुनाखरी माविका प्रधानाध्यापक भूमिकादेवी मगर र स्थानीय कलाकारहरुले हुर्रा लगायतका गीतहरुमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए । 
    जेष्ठ नागरिक ८४ बर्षिया हस्तमाया मगर, ९० बर्षिय पदम मगरलाई नगदसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको संघका नगर सचिव मनोज पुलामी मगरले बताए । खेलकुदतर्फ छेलो हान्नेमा समिप सारू मगर विजेता भए ।  सियोमा धागो उन्नेमा निक्कु मगर, बिष्नु मगर, कुमारी मगर र चम्चा दौडमा रोशनी मगर, साइरा पुलामी मगर, करूना मगर क्रमस प्रथम, दोस्रो र तेस्रो पुरस्कृत भएको मगर संघका नगरसचिव मगरले बताए । भक्तजनहरुले मगर गुम्बामा पुजा तथा टिका लगाएर आशिर्वाद लिएका छन् । मगर समुदायले माघे सङ्क्रान्तिलाई प्रमुख चाडको रुपमा मन्दै आएका छन् । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…