• मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र शुभकामना आदानप्रदान गर्दै समापन भएको छ । 
    चासोक तङ्नाम ५०८४ को अवसरमा किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समितिको आयोजनामा सिरिजंङ्गा स्मृति धार्मिक वन परिसरमा मंसिर २९ देखि पुस २ गते (चार दिन)ंसम्म चासोक भब्य रुपमा मनाइएको आयोजक समितिका अध्यक्ष विक्रम लिम्बूले बताए । 
    भब्य सांस्कृतिक कार्यक्रम

    पुस २ गते दिनभर नगरमा रहेका विभिन्न संस्कृतिक समूहले च्याबु्रङ नाच प्रस्तुती गर्नुको साथै हाक्पारे, ख्याली गीत प्रस्तुत भएको थियो । 
    साँझ पख भ्वाइस अफ नेपाल सिजन ४ र ५ का फाइनलिस्ट क्रमस गायक साहिल लिम्बू, नोगन लिम्बू लगायतका कलाकारहरुको उपस्थितिमा भब्य सांगीतिक कार्यक्रम भएको थियो । 
    सांगीतिक कार्यक्रममा याक्थुङ स्टार सिजन –१ विजेता अन्जना नाल्बो, गायक भिम लिम्बू, रुक्सना लिम्बू, अन्जना नाल्बो, याक्थुड स्टार सिजन १ सेकण्ड रनरअप आईतहाङ चोडवाङ र स्थानीय कलाकारहरुले सांगीतिक प्रस्तुती दिएर उपस्थित दर्शक श्रोतालाई मनोरञ्जन दिएका छन् । 
    प्रदेश स्तरीय भलिबल प्रतियोगिता

    चासोकको अवसरमा प्रदेश स्तरीय भलिबल प्रतियोगितामा उर्लाबारी भलिबल टिम प्रथम भए ।
    फाइनल खेलमा साकेला गाउँपालिका खोटाङलाई पराजित गर्दै उर्लाबारीले उपाधि उचालेको हो । आठ वटा टिम सहभागी भएकोमा खेल बिजेता उर्लाबारी, उपबिजेता साकेला खोटाङलाई क्रमस ः६०, ४० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । 
    कार्यक्रममा पक्लुङ लेप्मा (घेलो) हप्रिडलक्मा (लडजम) लितोड आप्मा (धनुषकाण हनाई) इड्या थक्मा (भाले जुधाई) थाक्पा उम्मा (डोरी तनाई), नाउका पिङ लगायतको खेल भएको आयोजक मूल समारोह समितिका सचिव अशोक नाल्बोले बताए । 

    विभिन्न व्यक्तिलाई सम्मान तथा शुभकामना आदान प्रदान

    चार दिनसम्म भएको चासोक तङ्नाम पुस २ गते समुदायमा योगदान गर्ने विभिन्न ब्यक्तिहरुलाई सम्मान तथा शुभकामना आदानप्रदान गर्दै समापन भएको छ । 
    कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद सुनिल शर्माले देशको जिम्मेवार व्यक्तिहरु कमिसन र पौजको आधारमा बजेट वितरण गर्दै आएको कारण समान रुपमा बिकास नभएको बताए ।  कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, चुम्लुङको केन्द्रीय सचिव यासेरी लिम्बू, पथरीशनिश्चरे नगरका वडा अध्यक्षहरु भीमकुमार राई, नवीन कार्की लगायतले शुभकामना दिएका थिए । 
    कार्यक्रममा विशिष्ट अतिथिको रुपमा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, चुम्लुङ इज्रायलका अध्यक्ष नुमा काङबाङ लिम्बू, पथरीशनिश्चरे नगरका पूर्ब प्रमुख दिलिपकुमार राई लगायतको उपस्थिति रहेको थियो । 
    कार्यक्रममा समुदाय र आयोजकलाई सहयोग गर्दै आएका एभरेष्ट बोडिङ स्कुलका सञ्चालक रबिन कन्दङ्बा लिम्बू, पथरीशनिश्चरे नगर पालिका, किराचु ईज्रायल अध्यक्ष नुमा काङ्बाङलाई सम्मान तथा विभिन्न व्यक्तिहरुलाई कदर पत्र प्रदान गरिएको अध्यक्ष विक्रम लिम्बूले बताए । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…