• धरान । जनता समाजवादी पार्टी (जसपा)नेपालको जनवर्गीय संगठन समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरान इकाई समितिको पदपूर्ति तथा प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

    समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष सञ्जय राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका युनियनका प्रदेश १ अध्यक्ष सागर सरगम चेम्जोङ, जसपा नेपाल धरान नगर उपाध्यक्ष सुमन चेम्जोङ लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

    प्रशिक्षणमा वक्ताहरुले जसपा नेपालले नेतृत्व गरेको आन्दोलनबाट पहिचानमा आधारित मधेश प्रदेश प्राप्त भएको भन्दै कोशी नाम खारेजी र पहिचानमा आधारित प्रदेश नामाकरणका लागि समेत जसपा नेपालको राजनीतिक नेतृत्वबाट मात्रै सम्भव हुने धारणा राखेका थिए । सवीर सिंह यक्सोको अध्यक्षतामा सम्पन्न कार्यक्रमले उनकै नेतृत्वमा ६५ सदस्यीय इकाई समिति पदपूर्ति गरेको हो ।

    समितिका पाँच उपाध्यक्षमा क्रमशः अनिस श्रेष्ठ, विनिता मादेन, अनिस बस्नेत, बिमला वनेम र टुजन राई छन् । त्यस्तै सचिवमा भुपेन्द्र राई, सहसचिवहरुमा डेविड चेम्जोङ र रूपा तेयुङ, कोषाध्यक्षमा बिमला लामा चयन भएका हुन् भने अन्य सदस्य छन् ।

    जसपा नेपालबाट अशोक राई समूह पार्टी विभाजन गरेर गएपछि स्ववियु सभापति जितेको यस क्याम्पसमा जसपा नेपाल निकट विद्यार्थी युनियनको समितिबाट केही पदाधिकारी बाहिरिएपछि सो रिक्त पदहरु पूर्ति गरी इकाई समितिलाई पूर्णता दिइएको अध्यक्ष यक्सोले जानकारी दिएका छन् ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…