• मोरङ । मोरङको पथरीशनिश्चरेमा मंसिर ३० गते ख्रीष्टमस शुभकामना सम्मान तथा सागीतिक कार्यक्रम २०८१ हुने भएको छ । 
    पथरीशनिश्चरे नगर इसाई समाजको आयोजनामा पथरीको यलम्बर चोकमा ख्रीष्टमसको शुभकामना सम्मान तथा साँगीतिक कार्यक्रम हुने आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । 
    पथरीको अबिनास मण्डलीमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रम बारे जानकारी गराएको हो । 
    ख्रीष्टमसको अवसरमा हुने कार्यक्रम नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यता रहने आयोजक समितिका अध्यक्ष गोपाल राईले बताए । स्थानीय कलाकारहरुबाट साँगीतिक प्रस्तुती रहने कार्यक्रममा नगरका ११ जना बरिष्ठ र ६० बर्ष पुगेका पास्टरहरुलाई सम्मान गरिने सचिव राजकुमार राईले बताए । कार्यक्रममा धार्मिक प्रवचनसमेत हुने आयोजक समितिले जनाएको छ । 
    पत्रकार सम्मेलनमा आयोजक समितिका उपाध्यक्ष ध्रुवकुमार राई, जोन सुब्बा, पुष्पाकुमारी राई, पासाङ्ग लाक्पा तामाङ, वीरकुमार जबेगु लगायतको उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…