• मोरङ । मोरङको पथरीशनिश्चरे ७ नं. वडामा छुट .(रोकिएकों) भएको सामाजिक भत्ता आइतबार .(२३ं गतं)ेबाट वितरण सुरु भएको छ । 
    नगरको ७ नं. वडाको २८३ जनाको सामाजिक सुरक्षा.(जेष्ठ नागरिक लगायतं) भत्ता छुटेको थियो । वडाबाट करिव ५०० जनाको सामाजिक भत्ता वितरणहुँदै आएकोमा गत बैशाक, जेठ, असार (एक त्रैमाकिस) प्राविधिक करणले २८३ जनाको छुटेको थियो । 
    छुटेपछि विभिन्न व्यक्ति, सञ्चारकर्मी लगायतबाट सामाजिक सञ्जालमा वडा, नगरका जनप्रतिनिधि र कर्मचारीले खाएको भन्दै प्रचार भएको वडा अध्यक्ष उद्धव बस्नेतले बताए । छुटेको कारण एक बचन नबुझी झुटा समाचार प्रचारप्रसार भएको बस्नेतको भनाइ छ । 
    छुट भएको थाहा भएकै क्षणबाट वडा कार्यालयले छुटेको भत्ता पुन ल्याउन निरन्तर पहल गरेपछि पुन आएको बताए । 
    आइतबार कार्यालयमै पत्रकार भेटघाट गरेर छुटेको सामाजिक भत्ता पुन वितरणको लागि सहयोग गर्ने नगर प्रमुख मोहन तुम्बापो, पञ्जिकरण शाखा, महालेखा, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायतका निकाय र कर्मचारीलाई वडा अध्यक्ष बस्नेतले धन्यवाद दिएका छन् । ७ नं. वडामै बनेको विपन्न नागरिक आवास भवनको पनि प्रस्न उठेको थियो । 
    तीन वटा निर्मित आवासको रकम सम्बन्धित व्यक्तिको खातामा पैसा गएको थाहा पाउने, नपाउनेहरुले जनप्रतिनिधि तथा कर्मचारी विरुद्ध भ्रामक आक्षेपसहितको समाचार प्रचार भएको अध्यक्ष बस्नेतले बताए । 
    लामो प्रयासपछि छुटेको सामाजिक सुरक्षा भत्ता आइतबारदेखि बैंकबाटै वितरण भएको र अधुरो बिपन्न नागरिक आवास पनि निर्माण सम्पन्न हुने चरणमा पुगेको बताए । पूर्ण निर्माणपछि घर हस्तान्तरण गरिने बस्नेतको भनाइ छ ।  
    वडा, नगरका जनप्रतिनिधि र कर्मचारीले खायो भनेर प्रचार भएको सामाजिक सुरक्षा भत्ता भर्खरै आएपछि भ्रम छर्दै आएकाहरुले झुटको खेति गर्दै आएको प्रमाणित भएको वडाका जनप्रतिनिधिहरुका भनाइ थियो । 
    वडा अध्यक्ष उद्धव बस्नेतले यस्तो गलत समाचारको पछाडी नलाग्न वडाबासीहरुलाई अनुरोध गरेका छन् । आफूहरु भ्रष्ट्राचार नगर्ने र गर्न नदिने बस्नेतले बताए । 
    झुटा समाचारले जनप्रतिनिधि र कर्मचारीहरुलाई क्षणिक तनाव भएपनि पथरीशनिश्चरे नगरको देश व्यापी रुपमा बेइज्जत र प्रचार गर्नेहरुको विस्वासनीयता दिनदिनै घट्दै गएको वडा सदस्य सपना राईले बताए । 
    वडा सचिव झमकबहादुर भण्डारीद्वारा सञ्चालन भएको पत्रकार भेटघाटमा सदस्यहरु मणिकुमार लिम्बू, नरेशबहादुर राई, पूर्व वडा सदस्य काशिहाङ राई लगायतको उपस्थित रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…